सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५% छुट दिन धनुषाका सिडिओलाई विद्यार्थी नेताहरुको ज्ञापन
सडक सँजाल जोडिएपछि गाउँस्तरबाट सार्वजनिक बसमै चढेर जनकपुर पढन आउने विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत भाडा छुट कार्यन्वय भएपछि झन सहुलियत हुने विश्वास विद्यार्थी नेताहरुको छ ।

२०८१ जेठ १२ शनिबार, बिहान १०:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शिक्षा क्षेत्रमा फड्को हान्दै गएको जनकपुरधाम क्षेत्रमा विद्यार्थीहरुको भाडा अझै लागू नभएको भन्दै विद्यार्थी नेताहरुले धनुषाका सिडिओलाई ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार राराब स्वीयूका सभापति मनिष यादवको नेतृत्वमा गएको टोलीले धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियालाई ज्ञापन पत्र बुझाएको हो । विद्यार्थीहरु सम्मलित टोलीले जनकपुरधाम क्षेत्रमा चल्ने सार्वजनिक यातायातमा सरकारले लागू गरेको ४५ प्रतिशत भाडा छुट कार्यन्वयनमा ल्याउन माग गरेका हुन् ।
धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी लगायतका जिल्लाहरुको लागि जनकपुरधाम शिक्षाको लागि हब बन्दै गएको अवस्थामा समेत यहाँका विद्यार्थीहरुले पाउनुपर्ने हकाधिकार अझै नपाएकोप्रति दुःख व्यक्त गर्दै यथाशिघ्र लागू गर्न माग गरेका हुन् ।
सोही क्रममा जनकपुरधाम बस व्यावसायी संघका अध्यक्ष मनोज चौधरीलाई समेत भेटेर उनीहरुले बसमा ४५ प्रतिशत छुटको व्यवस्था लागू गर्न माग गरेका हुन् । सो सन्दर्भमा बस व्यावसायी संघका अध्यक्ष चौधरीले एक महिनाभित्र बसमा ४५ प्रतिशत छुटको व्यवस्था लागू गरिने बताए । उनले सार्वजनिक यातायातमा विद्यार्थीले पाउनुपर्ने सहुलियत लागू हुने प्रतिवद्धता जाहेर गरे ।
सडक सँजाल जोडिएपछि गाउँस्तरबाट सार्वजनिक बसमै चढेर जनकपुर पढन आउने विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत भाडा छुट कार्यन्वय भएपछि झन सहुलियत हुने विश्वास विद्यार्थी नेताहरुको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…