सिरोहियालाई भेटन जनकपुर आए नीधि, भने -'सिरोहियाको नागरिकता किर्ते हुँदै होईन'
उनले जिल्ला प्रशासन कार्यालय धनुषाको कर्मचारीको गलतीको कारण सिरोहियाले दुःख भोग्नुपरेको बताए । कर्मचारीलाई कारवाहीको साटो सरकारले आत्तिएर सिरोहियालाई पक्राउ गरेको बताए । उनले सिरोहियासँग आफू रहेको र उनको आन्दोलनमा ऐक्यवद्धता जनाउन जनकपुर आएको सुनाए ।

२०८१ जेठ १० बिहीबार, बिहान ११:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका नेता एवम् पूर्व गृमहन्त्री विमलेन्द्र नीधि जनकपुर आएका छन् । कान्तिपुुर मिडियाका सँचालक कैलाश सिरोहियालाई भेट्न नेता नीधि जनकपुर आएका हुन् ।
विहिबार विहान जनकपुरधाम विमानस्थल आईपुगेका नेता नीधिले सिरोहियाको नागरिकता किर्ते हुँदै नभएको दाबी गरे । उनले गृहमन्त्रीको निरन्तर समाचार प्रकाशितपछि प्रतिशोधको भावनाले गिरफ्तारी गराएको बताए ।
पत्रकार सम्मेलनको क्रममा नेता नीधिले सिरोहियाको घर आफ्नो घरको सामुन्ने भएको बताउँदै उनको नागरिकताप्रति सबाल नै नभएको बताए । जिल्ला प्रहरी कार्यालय धनुषामा तीनदिनको हिरासतमा राखिएको सिरोहियालाई भेटन उनी जनकपुर आएको बताए ।
उनले जिल्ला प्रशासन कार्यालय धनुषाको कर्मचारीको गलतीको कारण सिरोहियाले दुःख भोग्नुपरेको बताए । कर्मचारीलाई कारवाहीको साटो सरकारले आत्तिएर सिरोहियालाई पक्राउ गरेको बताए । उनले सिरोहियासँग आफू रहेको र उनको आन्दोलनमा ऐक्यवद्धता जनाउन जनकपुर आएको सुनाए ।
कान्तीपुर मिडियाका सँचालक सिरोहिया उपर किर्ते नागरिकताको आरोप छ । उनलाई जिल्ला अदालत धनुषाले तीन दिनको म्याद दिएको हो । प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…