
न्यूज ब्यूरो, जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोग समेतमाथि दायर गरेको रिटमा मंगलवार दुबै पक्षबीच छलफल हुनेछ ।
सर्वोच्च अदालतले सो रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दवै पक्षलाई छलफलमा बोलाएको छ । जसपा नेपालका अध्यक्ष यादवले निर्वाचन आयोग गैरकाननी ढंगले पार्टीको विभाजन गरेकाले बदर गर्न सर्वोच्च अदालतमा रिट दर्ता गरेका हन् । उनले वैशाख ३१ गते सो रिट दर्ता गराएका थिए ।
सर्वोच्चले निर्वाचन आयोगलाई जसपाको दर्ता सम्बन्धी कामलाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ । सो आदेशको कारण निर्वाचन आयोगले जसपा नेपालका जनप्रतिनिधिहरुलाई दल रोज्न दिएको प्रक्रिया रोकिएको छ । मधेश प्रदेशका सभासदहरुलाई जसपातिर आकर्षित गर्न नेताहरु अहोरात्र खटिरहेका छन् । तर अहिले सभासदहरुले दल फेरेका छैनन् ।
स्थानीय तहका जनप्रतिनिधिहरुमध्ये मधेश प्रदेशबाट वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह जसपा तिर लागेका छन् ।अन्य जनप्रतिनिधिहरु खुलेका छैनन् । सर्वोच्चको मंगलवार आउने आदेशले मधेश प्रदेशमा जसपा नेपालको स्थिति प्रष्टिने बताइएको छ ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८१ जेठ ८ मंगलबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्