महोत्तरीमा राष्ट्रिय परिचय पत्रको लागि नगरपालिका गाउँपालिका अनुसार ठाउँ तोकियो
महोत्तरी जिल्ला प्रशासन, ईलाका प्रशासन कार्यालय रामगोपालपुर, ईलाका प्रशासन कार्यालय गौशाला र ईलाका प्रशासन कार्यालय बर्दिवासमा जिल्लाभित्रको स्थानीय तहहरुको वडा अनुसार जिम्मेवारी तोकिएको हो ।

२०८१ जेठ ७ सोमबार, राति ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । जिल्ला प्रशासन कार्यालय महोत्तरीले राष्ट्रिय परिचय पत्रको लागि सेवाग्राहीको भीड हुन थालेपछि विभिन्न ईलाका प्रशासन कार्यालयलाई जिम्मेवारी तोकेको छ ।
सेवाग्राहीहरुको भीडलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले तीन ईलाका प्रशासन र जिल्ला प्रशासन गरी चार ठाउँमा राष्ट्रिय परिचय पत्रको लागि स्थानीय तह अनुसार भाग छुटयाएको हो ।
महोत्तरी जिल्ला प्रशासन, ईलाका प्रशासन कार्यालय रामगोपालपुर, ईलाका प्रशासन कार्यालय गौशाला र ईलाका प्रशासन कार्यालय बर्दिवासमा जिल्लाभित्रको स्थानीय तहहरुको वडा अनुसार जिम्मेवारी तोकिएको हो ।
कुन गाउँपालिकाको कुन ठाउँ जानुपर्ने हेर्नुहोस् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…