पत्रकार यादवद्धयको श्रद्धाञ्जलीमा दीप प्रज्वलन
जनकपुरको भानुचोकमा पत्रकार, शुभचिन्तकहरुले दीप प्रज्जवलन गरी आत्माको चीर शान्तीको कामना गरेको हो । विभिन्न विद्यार्थी सँगठनहरुले समेत पत्रकारद्धयको आत्माको चीर शान्तीको कामना गर्दै दोषीलाई कारवाहीको माग गरेको हो ।

२०८१ जेठ ६ आइतबार, राति ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका पत्रकारद्धय विनय कुमार यादव र शिवेन्द्र रोहिताको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।
न्यूज ब्यूरोका कार्यकारी सम्पादक (स्वर्गीय) विनय कुमार यादव र राजधानी जनकपुरका सँचालक (स्वर्गीय) शिवेन्द्र रोहिताको आत्माको चीर शान्तीको कामना गर्दै जनकपुरका पत्रकारहरु, हिन्दु सम्राट सेना लगायतका सँस्थाहरुले दीप प्रज्वलन गरेको हो ।
जनकपुरको भानुचोकमा पत्रकार, शुभचिन्तकहरुले दीप प्रज्जवलन गरी आत्माको चीर शान्तीको कामना गरेको हो । विभिन्न विद्यार्थी सँगठनहरुले समेत पत्रकारद्धयको आत्माको चीर शान्तीको कामना गर्दै दोषीलाई कारवाहीको माग गरेको हो ।
सो क्रममा लोविसंघका प्रशासन्त झा, विद्यार्थी सँघका गौत्तम यादव, काँग्रेसका युवा नेता शैलेन्द्र चोरवार यादव लगायतका शुभचिन्तक, नेताहरुको सहभागीता रहेको थियो ।
गत बैशाख ११ गते पत्रकार विनय कुमार यादवको शंकास्पद मृत्यू भएको थियो भने जेठ ५ गते पत्रकार शिवेन्द्र रोहिताको समेत शंकास्पद मृत्यू भएको हो ।
यस्तै, मिथिला नगर पत्रकार सञ्जालको आयोजनामा आइतबार ढल्केवरस्थित महेन्द्र पार्कमा समेत पत्रकारहरुले दीप प्रज्वलन गरेका छन् ।
शंकास्पद सवारी दुर्घटनामा मारिएका सिवेन्द्रको जनकपुरस्थित थापा चोकमा शनिबार बिहान ३ बजे चार पाङ्ग्रे सवारीको ठक्करबाट मृत्यु भएको छ । उनी राजधानी जनकपुर अनलाइनका सञ्चालक तथा सम्पादक थिए । यस्तो पत्रकार विनयको वैशाख ११ गते ढल्केवरमा मृत्यु भएको थियो । उनको मृत्यु पनि मोटरसाइकल दुर्घटनामा भएको भनिएको छ ।
दीप प्रज्वलन कार्यक्रममा मिथिला नगरपालिका ७ का वडाध्यक्ष, मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साह, मिथिला ब्याडमिन्टन क्लबका अध्यक्ष सन्तोष महतो, नेपाली कांग्रेसका नेता बुधेश्वर महतोलगायत स्थानीय बुद्धिजीवि, व्यापारी तथा पत्रकारहरुको उपस्थिति थियो ।
दीप प्रज्वलन कार्यक्रमका सबैजसो वक्ताले दुवै पत्रकारको मृत्यु शंकास्पद सवारी दुर्घटनामा भएकाले यसको सुक्ष्मरुपले अनुसन्धान हुनुपर्ने बताए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…