भोलीदेखि तीन दिनसम्म नेपाल रेल्वे बन्द हुने
यसअघि भारत मधुवनी जिल्ला झंझारपुर संसदीय निर्वाचन क्षेत्रमा वैशाख २५ गते भएको लोकसभा चुनावका बेला पनि वैशाख २३ देखि २५ गतेसम्म जयनगर– जनकपुरधाम– भङ्गहा रेलसेवा बन्द रहेको थियो ।

२०८१ जेठ ४ शुक्रबार, बिहान ८:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नपालको एक मात्र रेल्वे भोलीदेखि तीन दिनसम्मको लागि पुनः बन्द हुने सूचना जारी गरिएको छ ।
छिमेकी मुलुक भारतमा लोक सभा निर्वाचनका कारण जयनगर–जनकपुरधाम–भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द हुने भएको हो ।
भारत मधुवनी जिल्लाको मधुवनी संसदीय निर्वाचन क्षेत्रमा हुन लागेको निर्वाचनका कारण जेठ ५ देखि ७ गतेसम्म जनकपुरधाम– जयनगर रेलसेवा बन्द रहने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक निरञ्जनकुमार झाले बिहीबार एका सूचना जारी गर्दै शनिबारदेखि सोमबारसम्म रेलसेवा पूर्णरुपमा बन्द रहने बताए ।
नेपाल भारतका दुवै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीले ७२ घण्टाका लागि इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार रेल सेवा तीन दिनका लागि बन्द हुनेछ ।
मङ्गलबार बिहानदेखि उक्त खण्डमा साबिकको समयअनुसार नियमित रेलसेवा सञ्चालन हुने जारी सूचनामा उल्लेख छ ।
यसअघि भारत मधुवनी जिल्ला झंझारपुर संसदीय निर्वाचन क्षेत्रमा वैशाख २५ गते भएको लोकसभा चुनावका बेला पनि वैशाख २३ देखि २५ गतेसम्म जयनगर– जनकपुरधाम– भङ्गहा रेलसेवा बन्द रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…