न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) का कमला नगरपालिका नगर अध्यक्ष देवु यादवले कसैले पनि माओवादी नछाडेको बताएका छन् ।
सोमबार कमला नगरपालिका वडा नम्बर ४ साघारास्थित एमालेको पार्टी प्रवेशको कार्यक्रममा माओवादीबाट समेत नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको समाचार विभिन्न सँचारमाध्यममा आएपछि नगर अध्यक्ष यादवले माओवादीको कोही नेता कार्यकर्ता एमालेमा नगएको स्पष्ट पारेका छन् ।
माओवादी केन्द्रका श्याम मण्डलले एमाले प्रवेश गरेको भनेपनि नगर अध्यक्ष यादवले कुनै दलमा प्रवेश नगरेको बताउँदै माओवादी केन्द्रमै रहेको स्पष्ट पारेका छन् । उनले मिडियाहरुमा आएको समाचारप्रति आपत्ति जनाउँदै पार्टी छाडेरै नगएको नेता कार्यकर्ताको नाम दिनु अनुचित रहेको बताए । उनले एमालेका नेताहरु राजनीतिक सँस्कार विपरित चरित्रमाथि प्रश्न उठाएको बताए ।
धनुषाका तत्कालिन कृषि हाकिमसहित ८ सरकारी कर्मचारीमाथि भ्रष्टाचार मुद्दा
- २०८१ बैशाख ३१ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । कृषि ज्ञान केन्द्र धनुषाका तत्कालिन प्रमुखसहित ८ जना सरकारी कर्मचारीमाथि मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका कृषि हाकिमसहित भूमि व्यवस्था, कृषि तथा सहकारी
पूरा पढ्नुहोस्