सरकारी सवारीमाथि धनुषा प्रहरीको एक्सन, विदाको दिन चलाएको सवारीलाई कारवाही
जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा पास नभएका १५ वटा सरकारी सवारी साधनहरु (चार पाङ्ग्रे – २ वटा र दुई पाङ्ग्रे –१३) नियन्त्रणमा लिईएकोमा अब आईन्दा पास बिना नचलाउने सर्तमा साँझ ७ः०० बजेको समयमा सम्बन्धित सवारी चालकहरुको जिम्मा लगाई पठाईएको एसपी तिवारीले जानकारी दिए ।

२०८१ बैशाख २९ शनिबार, राति १०:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले विदाको दिन चलाएको सरकारी गाडीमाथि कडा निगरानी थालेको छ । प्रावधान विपरित विदाको दिनमा समेत सरकारी सवारी चलाएपछि धनुषा प्रहरीले निगरानी बढाएको हो ।
सार्वजनिक विदाको दिन समेत पास बिना नै सेतो प्लेटको सरकारी सवारी साधन चलाएको भन्दै धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीको निर्देशनमा कारवाही गरिएको छ । शनिबार (आज) विहान १० बजेदेखि साँझ ६ बजेसम्म जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गतको जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटाएको प्रहरीले विभिन्न स्थानबाट सवारीहरुलाई कारवाहीमा पारेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा पास नभएका १५ वटा सरकारी सवारी साधनहरु (चार पाङ्ग्रे – २ वटा र दुई पाङ्ग्रे –१३) नियन्त्रणमा लिईएकोमा अब आईन्दा पास बिना नचलाउने सर्तमा साँझ ७ः०० बजेको समयमा सम्बन्धित सवारी चालकहरुको जिम्मा लगाई पठाईएको एसपी तिवारीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…