
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले धनुषा जिल्लाभरिका कवार व्यावसायी र मोटरसाईकल ग्यारेज मालिकहरुसँग अन्तरक्रिया गरेका छन् ।
सवारी साधन चोरीको घटना बढन थालेपछि एसपी तिवारीले ग्यारेज वा कवारमा जाने शंकास्पद सवारीको बारेमा प्रहरीलाई खवर गर्न अनुरोध गरेका छन् । सवारी चोरीले मध्यम वर्गका परिवारलाई सास्ती र ऋणको भारी बोक्नुपरेको बताउँदै एसपी तिवारीले ग्यारेजमा मोटरसाईकल वा कार मोडिफाई नगर्ने, ईन्जिन मोडिफाई नगर्ने सम्झौता गरेको हो ।
कवारमा चोरी भएका सामान जस्तैः तामाको तार,मो।सा।, कार तथा हार्डवेयरको सामनहरु किनबेच नगर्ने , मोटरसाईकलको साँचो (चाभी) को होल परिवर्तन गर्न आएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्ने, चोरी भएका सामनहरु किनबेच नगर्ने, यदि त्यसतो शंका लागेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्ने सम्झौता भएको एसपी तिवारीले बताए ।
कार तथा मोटरसाईकल ग्यारेजमा चोरी भएको सवारी साधन कावश्यक कागजात पत्र नभएमा मर्मत तथा किनबेच नगर्ने , सवारी साधनको नम्वर र इन्जिन नम्वर च्यासिस नम्वरहरू परिवर्तन नगर्ने, सवारी साधन मर्मत तथा सर्भिसिङ गाडी विल बुक अनिवार्य ल्याउने, गाडीहरूको डेन्टिङ पेन्टिङ गर्न आउँदा सवारी दुर्घटनामा परेको हो की एकीन गर्ने, सवारी साधनको इन्जिन अर्को गाडीमा परिवर्तन नगर्ने, सवारी साधनको पार्किङ सडकमा नगर्ने, पेट्रोल डिजेल तथा मोविल जथाभावि फाल्नाले वतावरणिय प्रभाव पर्ने भएकोले कुनै निश्चित भाडोमा संकलन गरी व्यवस्थित रूपमा नष्ट गर्ने सम्झौता कवार व्यावासायी र ग्यारेज सँचालकसँग भएको हो ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८१ बैशाख २८ शुक्रबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्