मधेशमा जसपाको सरकारमाथि ग्रहण

२०८१ बैशाख २८ शुक्रबार
बिहान ०८:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेश सरकारमाथि ग्रहण लागेको छ । सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एमालेले समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिने चर्चा बिहीबाार दिनभरि नै चले पनि मुख्यमन्त्री सरोज कुमार यादव र प्रदेश प्रमुखको कार्यालयले पुष्टि गरेको छैन् । माओवादी संसदीय दलका नेता समेत रहेका बिना विभागीय मन्त्री भरत साहले ‘माथिको निर्देशन’ नआएको बताए । ‘हामी सभासदहरु प्रायः बैठक बसिरहेका हुन्छौ’ उनले भने–‘तर माथिबाट समर्थन फिर्ता लिने अथवा सरकार छाड्ने निर्देशन आएको छैन् ।’ केन्द्रीय निर्देशन बिना प्रदेश सरकारबारे कुनै निर्णय स्थानीय स्तरबाट नहुने उनले बताए । तर सरकारले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको उनले आरोप लगाए ।

मुख्यमन्त्री यादवले साहलाई वन तथा वातावरण मन्त्रालयको कार्यभार दिएका छन् । तर उनी हाल सम्म पदबहाली गरिसकेका छैनन् । साहले मुख्यमन्त्री अथवा नभए अर्थमन्त्रालय दिनुपर्ने अडानमा छन् ।

गत माघ महिनामा उनले एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका दलहरुसित मिलेर सरकारलाई अल्पमतमा पार्ने तयारी गरेका थिए । तर त्यो सफल हुन सकेन् । वैशाख ४ गते एमालेले कांग्रेस, जनमत र लोसपालाई पेलेर सरकारलाई विश्वासको मत लिन सघाएको थियो । तर माओवादी केन्द्र मौन रहेका थिए । यद्यपि सरकारको पक्षमा नै मतदान गरेका थिए ।

उच्चस्रोतहरुका अनुसार एमाले र माओवादीले सरकारबाट समर्थन फिर्ता लिएर अल्पमतमा पार्ने रणनीति बनाएका छन् । सरकार अल्पमतमा परेपछि जसपा नेपाल मधेश प्रदेश संसदीय दल विभाजन हुने आकलन गरिएको छ । 

मुख्यमन्त्री सरोज कुमार यादवले सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता नलिनेमा विश्वस्त देखिएका छन् । ‘जसपा नेपालबाट अलग्गिएका केही मानिसहरुले मधेश प्रदेशमा सरकार ढल्ने भ्रम फैलाउन खोजेका छन्’ उनले भने, तर मधेश प्रदेशमा जसपा नेपाल संसदीय दल एकजुट रहेको छ ।’ सोमवार मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । सो बैठकले एकढिक्का रहेर पार्टीबाट अलग्गिएकाहरुलाई जवाफ दिने निर्णय गरेको संसदीय दलका सचेतक प्रमोद गुप्ताले जनाए ।

मधेश प्रदेश सभाको गणित अनुसार सरकारका लागि ५४ जनाको समर्थन चाहिन्छ ।  मधेश प्रदेशमा लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा परेका छन् । एमालेका सभासद रामचन्द्र मण्डल सभामुख छन् । १ सय ७ सदस्यीय मधेश प्रदेश सभामा एमालेको सभामुख सहित २५ जना, नेपाली कांग्रेसको २३ जना, जसपाको १९ जना, जनमतको १३ जना, माओवादी केन्द्रको ९ जना, लोसपाको ९ जना, नेकपा एसको ७ जना रहेका छन् । संघीय समाजवादी पार्टीको १ र नागरिक उन्मुक्ति पार्टीको १ जना सांसद, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ जना सांसद छन् ।

वैशाख ४ गते मुख्यमन्त्री यादवले लिएको विश्वासको मतमा एमालेको २४, जसपाको १९, माओवादीको ९ र नेकपा एसको ७ जना, नागरिक उन्मुक्तीको १ र संघीय समाजवादीको १ जनाले समर्थन गरेको थियो । माओवादी र एमालेले सरकारबाट समर्थन फिर्ता लिए सरकार तत्काल अल्पमतमा पर्ने छ । 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतको महाराष्ट्रमा मोदीको पार्टीलाई बहुमत, २३३ सिटमा जीत

  • २०८१ बैशाख २८ शुक्रबार

न्यूज ब्यूरो ।  भारतको महाराष्ट्र राज्यको विधानसभा चुनवामा सत्तारुढ गठबन्धन अत्यधिक बहुमतले विजयी भएको छ । दुई सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजापा) सहितको गठबन्धन महायुक्तीले दुई सय

पूरा पढ्नुहोस्

Bureau Menus