नेपाल बैँकका गार्डको खुकुरी प्रहार गरी हत्या
सप्तकोशी नगरपालिका -१ फत्तेपुरस्थित शाखामा कार्यरत सुरक्षागार्ड ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो। बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

२०८१ बैशाख २७ बिहीबार, बेलुकी ७:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीमा ड्युटीमा रहेका नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ।
सप्तकोशी नगरपालिका -१ फत्तेपुरस्थित शाखामा कार्यरत सुरक्षागार्ड ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो।
बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
फुँयालको शरिरमा खुकुरीले प्रहार गरेको देखिन्छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…