रामजानकी हस्पिटलमा एम्बुलेन्सदेखि रिक्सा चालकसम्म दलाल, एक विरामी लगेमा ३ हजार कमिशन
केही महिना अगाडी गाउँ गाउँ घर घर घुमेर ३५० रुपैयाँ कार्ड बनाउँदै कथित रुपमा १५ प्रतिशत छुटको प्रलोभन दिएको रामजानकी हस्पिटलले विरामी ल्याउनेलाई कमिशन दिने गरेका छन् । विभिन्न समयमा प्रसुति मार्ने अस्पतालको रुपमा चिनिएको सो हस्पिटलले प्रादेशिक अस्पतालको गेटमा समेत दलाल परिचालन गरेका छन् भने इमरजेन्सी वार्डसम्म दलाल परिचालन गरेका छन् । ईमरजेन्सीमा प्रादेशिक अस्पतालका चिकित्सक कर्मचारीहरुको मिलोमत्तोमा जबरदस्ती सो हस्पिटलमा रिफर गर्ने प्रवृति बनाउनको लागि उनीहरुलाई पनि हजारौँ रुपैयाँ कमिशन दिँदै आएको

२०८१ बैशाख २१ शुक्रबार, बिहान ११:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर विरामीको गुणस्तरीयहिन उपचारको लागि विवादमा रहँदै आएको जनकपुरको रामजानकी हस्पिटलले विरामीलाई जबरदस्ती हस्पिटलमा ल्याउन एम्बुलेन्सदेखि रिक्साचालकसम्मलाई कमिशन दिँदै आएको छ ।
एम्बुलेन्स चालकले विरामीलाई रामजानकी हस्पिटलमा जबरदस्ती पुरयाएपछि उनलाई एक विरामीको लागि ५ देखि ७ हजार रुपैयाँसम्म दिने गरेका छन् भने रिक्साचालकलाई प्रति विरामी ३ हजार रुपैयाँ दिने गरेका छन् । बस स्टैण्ड, रिक्सा स्टैण्डसम्म गएर कार्ड दिँदै चालकहरुलाई प्रलोभनमा पारी विरामी ल्याउन दलाल परिचालन गर्ने गरेका छन् ।
केही महिना अगाडी गाउँ गाउँ घर घर घुमेर ३५० रुपैयाँ कार्ड बनाउँदै कथित रुपमा १५ प्रतिशत छुटको प्रलोभन दिएको रामजानकी हस्पिटलले विरामी ल्याउनेलाई कमिशन दिने गरेका छन् । विभिन्न समयमा प्रसुति मार्ने अस्पतालको रुपमा चिनिएको सो हस्पिटलले प्रादेशिक अस्पतालको गेटमा समेत दलाल परिचालन गरेका छन् भने इमरजेन्सी वार्डसम्म दलाल परिचालन गरेका छन् ।
ईमरजेन्सीमा प्रादेशिक अस्पतालका चिकित्सक कर्मचारीहरुको मिलोमत्तोमा जबरदस्ती सो हस्पिटलमा रिफर गर्ने प्रवृति बनाउनको लागि उनीहरुलाई पनि हजारौँ रुपैयाँ कमिशन दिँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…