पदभन्दा पनि नगरवासीको विकास चाहिएको भन्दै शाखा प्रमुखबाट शिक्षक यादवले दिए राजीनामा
उनले पुरानै दरबन्दीमा काज फिर्ता हुने गरी शिक्षा शाखा प्रमुखबाट राजीनामा दिएका हुन् । उनले आफ्नै कारण कसैले आन्दोलन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै जनहितको लागि आफू राजीनामा ठोकेको उल्लेख गरेका हुन् ।

२०८१ बैशाख १६ आइतबार, राति ९:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवले पदबाट राजीनामा दिएका छन् ।
उनले आईतबार एक राजीनामा पत्र लेख्दै पदभन्दा पनि नगरवासीको विकास र जनसरोकारमा चासो राख्ने भन्दै उनले आफ्नो पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । विगत केही दिनदेखि निरन्तर यादवविरुद्ध आन्दोलन र मागहरु उठीरहँदा उनले आईतबार राजीनामा दिएका हुन् ।
विगत केहीदिनदेखि निरन्तर आन्दोलनको नाममा शहिदनगरको विकासलाई रोक्न खोजेको आरोपसहित उनले शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादव समक्ष आफ्नो पदीय राजीनामा पेश गरेका हुन् ।
उनले पुरानै दरबन्दीमा काज फिर्ता हुने गरी शिक्षा शाखा प्रमुखबाट राजीनामा दिएका हुन् । उनले आफ्नै कारण कसैले आन्दोलन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै जनहितको लागि आफू राजीनामा ठोकेको उल्लेख गरेका हुन् ।
उनले पदबाट राजीनामा दिँदै शहिदनगरको शिक्षा सँचालन र गुणस्तरीय शिक्षामा आफ्नो साथ र सहयोग निरन्तर रहने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…