आज राती १२ बजेदेखि तिन दिनको लागि नेपाल भारत बोर्डर सील

२०८१ बैशाख १२ बुधबार
बेलुकी ६:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  आगामी  १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गरेर नेपाल सरकारले आज (बुधबार) राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्रमा पर्ने इलाम जिल्लाको सबै सीमा नाका सिल गर्ने भएको छ ।

जिल्ला प्रशासन इलाम बाट सूचना जारी गरी विगतको अभ्यास जस्तै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचन सुरक्षा योजना अन्तर्गत सीमा नाका सिल गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

यता भारतको दार्जिलिङसँग जोडिएको नाका हिजो (मङ्गलवार) साँझ ६ः १५ बजे बाट शुक्रबार राति १२ बजेसम्मका लागि भारतीय पक्षले बोर्डर सिल गरिसकेको छ। पश्चिम बङ्गाल राज्यस्थित दार्जिलिङ जिल्लामा वैशाख १४ गते हुने लोकसभा चुनावलाई लक्षित गर्दै सीमा नाका सिल गरिएको हो । इलामको सन्दकपुर, कमलपोखरी, टंलु, तुम्लिङ, मेघ्मा, मानेभञ्ज्याङ, पशुपतिनगर, छब्बिस र समालबुङका नाकाहरू सिल भएको हो ।

भारतको पश्चिम बङ्गाल राज्यमा ७ देखि १९ वैशाखसम्म लोकसभाको निर्वाचन ७ चरणमा भइरहेको छ । इलाम २ का कुनै पनि क्षेत्रले भारतीय सीमा नछोए पनि भारतीय एसएसबी, बङ्गाल प्रहरी र भारतीय सीमा सुरक्षा प्रशासनसँग दुवै पक्षको निर्वाचन सुरक्षित बनाउन निरन्तर दोहोरो छलफल भइरहेको पशुपतिनगर इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए।

दुई देशको निर्वाचनका कारण सीमा क्षेत्रमा दुवै पक्षको सुरक्षाकर्मीले सतर्कता बढाएको हो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बन्दी रिहाई नगरे 'युद्ध विराम भँग' गर्ने अमेरिक राष्ट्रपति ट्रम्पको चेतावनी 

  • २०८१ बैशाख १२ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्दी रिहाइ नगरे युद्ध विराम भङ्ग गर्ने चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले हमासका लागि बन्दी रिहाइको समयसमेत दिएका छन्। उनले हमासलाई बन्दी

पूरा पढ्नुहोस्

Bureau Menus