धनुषाको शहिदनगर नगरपालिका तनावग्रस्त, भारी सँख्यामा प्रहरी परिचालन
विभिन्न वडाबाट शहिदनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उमेश कुमार निरालाको अगुवाईमा सयौँको सँख्यामा गएका सर्वसाधारणहरुले नगरपालिकामा चढाई गरेको हो ।

२०८१ बैशाख १० सोमबार, दिउँसो ३:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका अहिले तनावग्रस्त बनेको छ । विभिन्न माग राखी नगरपालिका कार्यालय चढाई गरेका सर्वसाधारणहरुले अवस्था तनावग्रस्त बनाएको हो ।
विभिन्न माग राखेर नगर प्रमुख दिनेश प्रसाद यादवसहित वर्तमान जनप्रतिनीधिहरुको विरुद्ध नाराबाजी गर्दै नगरपालिका चढाई गरेको हो ।
विभिन्न वडाबाट शहिदनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उमेश कुमार निरालाको अगुवाईमा सयौँको सँख्यामा गएका सर्वसाधारणहरुले नगरपालिकामा चढाई गरेको हो ।
अहिले शहिदनगर नगरपालिका कार्यालय अगाडी भारी सँख्यामा प्रहरी परिचालन गरिएको हो भने सर्वसाधारणहरु टायर बालेर प्रदर्शन सुरु गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…