धनुषाको शहिदनगर नगरपालिका तनावग्रस्त, भारी सँख्यामा प्रहरी परिचालन

२०८१ बैशाख १० सोमबार
दिउसो ३:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका अहिले तनावग्रस्त बनेको छ । विभिन्न माग राखी नगरपालिका कार्यालय चढाई गरेका सर्वसाधारणहरुले अवस्था तनावग्रस्त बनाएको हो । 

विभिन्न माग राखेर नगर प्रमुख दिनेश प्रसाद यादवसहित वर्तमान जनप्रतिनीधिहरुको विरुद्ध नाराबाजी गर्दै नगरपालिका चढाई गरेको हो । 

विभिन्न वडाबाट शहिदनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उमेश कुमार निरालाको अगुवाईमा सयौँको सँख्यामा गएका सर्वसाधारणहरुले नगरपालिकामा चढाई गरेको हो । 

अहिले शहिदनगर नगरपालिका कार्यालय अगाडी भारी सँख्यामा प्रहरी परिचालन गरिएको हो भने सर्वसाधारणहरु टायर बालेर प्रदर्शन सुरु गरेको हो । 

  • 0%
  • 13%
  • 0%
  • 3%
  • 0%
  • 0%

भठिहनमा यादव चौकको विवाद टुगिँयो, 'श्रीराम चौक' राख्ने सर्वपक्षीय निर्णय

  • २०८१ बैशाख १० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित विवादित यादवचौक लाई हटाएर श्रीरामचौक राख्ने निर्णय भएको छ ।  सबैला नगरपालिकाले स्थानीय प्रशासनसँग सो चौकमा नामकरणको विवाद भएको भन्दै

पूरा पढ्नुहोस्

Bureau Menus