समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने यी राजनीतिक दलहरुलाई आयोगले सोध्यो स्पष्टिकरण

२०८१ बैशाख ९ आइतबार
रति ८:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  निर्वाचन आयोगले समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न २१ राजनीतिक दलहरूलाई दलहरूलाई स्पष्टीकरण सोध्नुका साथै ७ दिनभित्र लेखापरिक्षण बुझाउन र सार्वजनिक गर्न निर्देशन समेत दिएको छ ।

आयोगको आइतबार बसेको बैठकले लेखापरीक्षण नगर्ने र सार्वजनिक नगर्ने ती दलहरूलाई निर्देशन दिएको हो । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूमध्ये आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधि ८२ राजनीतिक दलले पेस गरेका थिए ।

यी मध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने बिस राजनीतिक दल र समय व्यतीत भएपश्चात् लेखापरीक्षण प्रतिवेदन पेस गर्ने १३ राजनीतिक दल मध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने १ राजनीतिक दल गरी २१ वटा राजनीतिक दलले लेखापरीक्षण प्रतिवेदन सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट ७ दिनभित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी विवरण आयोगमा पेस गर्न निर्देशन दिएको छ ।

आयोगले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधिभित्र बुझाउने तर लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने राजनीतिक दलहरूको नामावली पनि सार्वजनिक गरेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको राजदेवी मन्दिरमा 'फैशन होईन', वस्त्र कोड लागू हुनुपर्छ

  • २०८१ बैशाख ९ आइतबार

सम्पादकीय । प्राचीन कालका राजा जनककी कुलदेवी रहेकी हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको राजदेवी मन्दिरमा वस्त्रको कोड लागू गर्नु आवश्यकता देखिएको छ ।  हिन्दुहरुको आस्थाको केन्द्र रहेको शक्तिपीठ राजदेवी मन्दिरमा दशैँभरि हुने

पूरा पढ्नुहोस्

Bureau Menus