मधेश प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमै उल्टो राष्ट्रिय झण्डा

२०८१ बैशाख ७ शुक्रबार
बिहान ११:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । यो मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको जनकपुर स्थित मन्त्रालयमै रहेको सरकारी निवास हो । हरेक सरकारी भवनमाजस्तै यसमा पनि राष्ट्रिय झण्डा राखिएको छ ।

तर एक पटक नियालेर हेर्नुस् त, यो नेपालको राष्ट्रिय झण्डा हो कि होइन ? तपाई अन्योलमा पर्नुभयो होला ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको सरकारी निवास जनकपुरमा नेपाली राष्ट्रिय झण्डा उल्टो  झुण्डाईएको छ । जसपाका मुख्यमन्त्री रहेको मन्त्रालयको निवासमा उल्टो झण्डा झु्ण्ड्याएको हो ।

उल्टो झण्डा

जब कि मुख्यमन्त्री बस्ने निवासमा राखिएको नेपाली राष्ट्रिय झान्डा नै उल्टो छ भने प्रदेश कसरी राम्रो संग चल्छ भने प्रश्न उठिरहेको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले ध्यान नदिएपछि राष्ट्रिय झण्डाको अपमान हुने गरी झण्डा झुण्ड्याइएको देखिएको छ । जब कि त्यही निवासमा नेपाल आर्मी, नेपाल प्रहरी पनि छ ।

राष्ट्रिय झण्डाको माथिल्लो भागमा ‘अर्ध चन्द्र’ र तल्लो भागमा ‘ सूर्य’ हुनु पर्छ । तर, मन्त्रालयको भवनमा राखिएको झण्डाको माथिल्लो भागमा ‘सूर्य’  र तल्लो भागमा ‘अर्ध चन्द्र’ रहेको छ ।

नेपालको राष्ट्रिय झण्डाः

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

नाम र धर्म परिवर्तन गरी बस्दै आएका हत्या मुद्दाका फरार अभियुक्त ४० बर्षपछि पक्राउ

  • २०८१ बैशाख ७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एक अभियुक्तलाई सजाए सुनाएको २३ बर्षपछि पक्राउ गर्न सफल भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डिएसपी) बीरेन्द्र कुमार

पूरा पढ्नुहोस्

Bureau Menus