नेपाली काँग्रेस निकट नेविसंघले शिक्षा गुणस्तरको माग गर्दै देशैभरका स्थानीय तहमा बुझाए ज्ञापन

२०८१ बैशाख ६ बिहीबार
रति ८:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस पार्टी निकट नेपाल विद्यार्थी संघ (नेविसँघ) ले देशैभरिको स्थानीय तहमा शिक्षा गुणस्तर वृद्धिको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । 

सोही क्रममा पूर्वी धनुषाको कमला नगरपालिकामा समेत नेविसंघले ज्ञापन पत्र बुझाएको हो । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो ।

विहिबार दिउँसो कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवलाई कार्यालयमै पुगेर नेविसंघका नेता कार्यकर्ताहरुले ज्ञापन पत्र बुझाएको हो । नेविसंघको केन्द्रीय सदस्य रहेका ईन्द्रजीत गोईतको अगुवाईमा गएको टोलीले मेयर यादवलाई ज्ञापन पत्र बुझाएको हो । 

उनीहरूले विद्यालय शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्नुपर्ने, शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेट वृद्धि गर्नुपर्ने लगाएका माग राखेका छन् ।

ज्ञापन पत्रमा विद्यालयमा कार्यरत कर्मचारीलाई सरकारले तोकेको न्यूनतम परिश्रमिक भन्दा कम नहुने गरी भुक्तानी गर्नुपर्ने, वार्षिक शैक्षिक योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुपर्ने लगायत उल्लेख गरिएको हो । 

नेविसंघले १७ बुँदे माग पत्रमा प्रविधिमार्फत बालबालिकामाथि हुने उत्पीडन एवं दुर्व्यवहार रोक्न ठोस नीति निर्माण गर्नुपर्ने, लागू औषध दुर्व्यसन रोक्न ठोस नीति कार्यान्वयन गर्नुपर्ने लगायत उल्लेख छ ।

माग पत्र बुझाउने कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता जय नाथ यादव, नेपाली कांग्रेस कमला नगरपालिकाका सभापति शिव शंकर यादव,नेपाली कांग्रेसका युवा नेता मनोहर ठाकुर (भरत) , कमला नगरपालिका  वडा नम्बर ४ का वडाध्यक्ष दिपक कुमार गोहिबार, ओमाकृष्ण यादव, अशोक यादव, गुड्डु यादव लगाइतका नेताकार्यकर्ताहरुले सँयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०८१ बैशाख ६ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus