
न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय तह गठन भएदेखि नै निरन्तर विवाद र झै झगडा हुँदै आएको पूर्वी धनुषाको कमला नगरपालिका लगभग नैतिक रुपमा कोमामा गएको छ ।
चालु आर्थिक बर्षको अन्तिम समयमा समेत योजनाहरु पेश हुन नसक्दा कमला नगरपालिकाले विकासे एउटा नै बजेट चलाउन सकेको छैनन् । जनप्रतिनीधिहरुको जुँगाको लडाईले कमला नगरपालिका लगभग ध्वस्त भएको छ ।
विगतदेखि नै देशैभरिमा सबभन्दा अधिक विवादित बन्दै आएको कमला नगरपालिकामा चालु आर्थिक बर्ष समाप्त हुन मात्र अढाई महिना बाँकी रहँदा सुत्र समेत लक हुन सकेको छैनन् । कमला नगरपालिकाको केही वडाध्यक्षहरुमाथि वडादस्यहरुले मुद्दा गरेपछि योजना तय हुन सकेको छैनन् ।
कमला नगरपालिकाको केही वडाध्यक्षहरुले कुनै बर्ष योजना तर्जुमा नै नगरी आफूखुसी बजेट र योजना राख्दा हुँदै आएको विवाद यसपाली पनि चुलिएको हो । वडा सदस्यहरुले आफ्नो अनुकूल योजनाहरु राख्नुपर्ने अडान राखेपछि नगरपालिकाको छ वटा वडाको योजना अझै पेश हुन सकेको छैनन् ।
कमला नगरपालिका वडा नम्बर २, ५ र ६ बाहेकका वडाहरुमा वडासदस्यहरुले वडाध्यक्षलाई प्रतिकार गरेपछि योजनाहरु पेश हुन नसक्दा नगरपालिका बन्दाबन्दी भएको छ । वडाध्यक्ष र योजना विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा जाहेर गरेपछि नगरपालिका कोमामा पुगेको हो ।
वडाध्यक्षहरुले एकलौटी गर्न थालेपछि वडासदस्यहरुले विवाद गरेको हो । वडा नम्बर २ मा सबै योजनाहरु नगरमै राखेपछि साम्य भएको छ भने बाँकीको ५ र ६ वडा विवादरहित रहेको छ । बाँकीका वडाहरुमा अझै विवाद साम्य नहुँदा नगरपालिका कोमा मा गएको हो ।
जनप्रतिनीधिहरुको झगडाले नगरपालिका कोमामा गएपछि कर्मचारीहरु समेत कार्यालय आउन छाडेको हो । नगरपालिका आएपनि कुनै काम नै नहुँदा कर्मचारीहरु कार्यालय आउन छाडेको हो । नगरपालिकामा स्वास्थ्य शाखा र जिन्सी शाखा बाहेक अन्य सबै शाखाहरुमा अस्वभाविक ताला लगाइएको छ ।
नगर प्रमुख, उपप्रमुख कार्यालय नियमित आउने गरेका छन् तर, कार्य सँचालन नहुँदा कर्मचारीहरु पनि आउन छाडेका हुन् ।
कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सँतोष कुमार मिश्रको थप जिम्मेवारी थपिएपछि उनी पिपरा गाउँपालिका महोत्तरीमै समय दिन थालेका छन् । पिपरा गाउँपालिकाको कामकाज सँचालनमा रहेको तथा कमला नगरपालिका अझै स्थगित रहेकोले अधिकृत मिश्र समेत आउन छाडेका छन् ।
कमला नगरपालिकालाई सुधार गर्न अधिकृत, लेखा अधिकृतसहित अन्य प्रशासनका कर्मचारीहरु जोडतोडले मिहिनेत र प्रयास गरेपनि जनप्रतिनीधिहरुको भैँसा–लडाईले दुर्घटना तर्फ जाने सँकेत देखिएको छ ।
यता, नगर प्रमुख विशेश्वर यादवले पाँच दिनभित्र योजना पेश नभए वा वडाको विवाद साम्य सहमति नभए सबै योजनाहरु नगरमा ट्रान्सफर गरी विकासे योजनाहरु सँचालन गर्ने चेतावनी दिएका छन् । उनले केही वडाध्यक्षहरुको वडास्तरीय विवादले नगरपालिकाप्रति प्रश्न तेर्सिएको जनाउँदै तोकिएको समयमा विवाद साम्य पारी सहमति नगरे नगरबाट योजना सँचालन गर्ने चेतावनी दिएको हो ।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८१ बैशाख ६ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्