धनुषाको नयाँ एसपीमा तिवारी आएपछि १० दिनमै तीन हत्या
गत चैत्त २६ गते मात्र धनुषा आएका नयाँ प्रहरी उपरीक्षक तिवारीले कार्यभार सम्हालैकै दिनदेखि हत्याको श्रृँखला सुरु भएको हो । चैत्त २६ गते कार्यभार सम्हालेपछि केही घण्टामै जनकपुरको विश्वकर्माचोकस्थित दिनदहाडै एक युवकलाई छुरा हानेर हत्या गरियो ।

२०८१ बैशाख ६ बिहीबार, बेलुकी ६:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा नयाँ प्रहरी प्रमुखमा भुवनेश्वर तिवारी आएको १० दिनमा तीन हत्याको घटना भएको छ ।
गत चैत्त २६ गते मात्र धनुषा आएका नयाँ प्रहरी उपरीक्षक तिवारीले कार्यभार सम्हालैकै दिनदेखि हत्याको श्रृँखला सुरु भएको हो । चैत्त २६ गते कार्यभार सम्हालेपछि केही घण्टामै जनकपुरको विश्वकर्माचोकस्थित दिनदहाडै एक युवकलाई छुरा हानेर हत्या गरियो ।
यस्तै, धनुषामा आफ्नै बुवाको श्राद्धमा गएकी एक महिलाको उनकै माईतीस्थित घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरियो । यो घटना २०८१ बैशाख २ गतेको रहेको छ । दिनदहाडै हत्या गरिएको घटनाको एक साता नबित्दै महिलाको हत्या भयो ।
नयां बर्ष २०८१ को पहिलो सांझ बुबा देवनारायण मण्डलको मृत्यू उपरान्तको विधि अनुसार नवौ दिनको नौकेशको भोज रहेको समयमा उनी बाहिर निस्केकी थिइन् । भोज आरम्भ हुनु अगावै शुभलाई कसैले नदेखेपछी खोजबिन सुरु गरिएको थियो । रातभरी खोजबिन चलिरह्यो बल्ल आइतबार बिहान ८ बजे रुखमा पानी हाल्न पुगेको एक स्थानियले देखेपछी प्रहरीलाई खवर गरिएको थियो ।
सोही क्रममा गएराती करिब ९ बजेको समयमा जनकपुरधामस्थित एक महिला र बालिकालाई जिउँदै जलाएर हत्या गरिएको हो । बुधबार राती ९ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर र पुलचोककोबीचमा एक महिला र बालिकालाई जलाइएको हो ।
यसरी, धनुषाको नयाँ एसपी भएर आएका तिवारीको १० दिने कार्यकालमा तीन तीन हत्याको घटना भएपछि उनको कार्य सम्पादनमा प्रश्न तेर्सिएको हो । यद्यपी, ती घटनाहरुमा नयाँ एसपीको नयाँ कमाण्डले पुरानो भन्दा अधिक सक्रियता देखाएको हो ।
विश्वकर्माचोकमा भएको हत्याको केही घण्टामै आरोपितलाई पक्राउ गर्न सफल भयो भने महिलाको हत्यामा समेत लगभग आरोपित पक्राउको नजिक रहेको बताईएको छ । बुधबार राती जलाएर मारिएको महिलाको प्रकरणमा समेत आरोपित पहिचान भईसकेको भन्दै छिटट्ै पक्राउ पर्ने बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…