सर्लाहीबाट दर्जनौ राउण्ड बन्दुकको गोली बरामद
गोरखकालीस्थित भोलेबाबा अटो पार्टस् एण्ड विजयी रिपेरिङ सेन्टर अगाडि खुल्ला ठाउँमा गरगहना राख्ने सानो ब्यागभित्र हालेर माटोमुनी गाडेको अवस्थामा गोली बरामद भएको प्रहरीले जनाएको छ । गोली राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनले बरामद भएको गोली जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको बताए ।

२०८० चैत २९ बिहीबार, राति ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवाबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको छ ।
नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–८, गोरखकालीबाट माटोमुनी गाडेर राखिएको ५३ राउण्ड गोली बरामद भएको हो ।
सानो हतियार (पेस्तोल) मा प्रयोग हुने गोली बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।
गोरखकालीस्थित भोलेबाबा अटो पार्टस् एण्ड विजयी रिपेरिङ सेन्टर अगाडि खुल्ला ठाउँमा गरगहना राख्ने सानो ब्यागभित्र हालेर माटोमुनी गाडेको अवस्थामा गोली बरामद भएको प्रहरीले जनाएको छ ।
गोली राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनले बरामद भएको गोली जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…