विश्वको सबैभन्दा प्रदुषित शहर ' काठमान्डौँ'
राष्ट्रिय वातावरण नीति २०७६ मा प्रदूषण न्यूनीकरण गर्न जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति उल्लेख छ ।

२०८० चैत २८ बुधबार, बिहान १०:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । काठमाडौँ उपत्यकाको वायु आज (बुधवार) अति अस्वस्थकर भएको छ ।
विश्वभरको वायु प्रदूषणको रेकर्ड गर्ने आईक्यूएयरले आज विश्वका वायु प्रदूषित सहरको सूचीमा काठमाडौँ उपत्यकालाई पहिलो नम्बरमा राखेको छ ।
समाचार तयार पार्दासम्म आईक्यूएयरका अनुसार अहिले काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २५८ छ । यो भनेको अति अस्वस्थकर वायु मानिने विज्ञले बताएका छन् ।
विपत् व्यवस्थापनविद् डा। धर्मराज उप्रेतीका अनुसार २०१ देखि ३०० सम्मको एक्यूआईलाई अति अस्वस्थकर वायु मानिन्छ । ३०१ देखि ४०० सयसम्मको एक्यूआईलाई खतरनाक र ४०१ देखि ४५० सम्मलाई अति खतरा मानिन्छ ।
शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्यूआईलाई होसियार रहुँ भन्ने अवस्थाको मानिन्छ । डा. उप्रेतीका अनुसार १०१ देखि १ ५० सम्म आईक्यूआई हुँदा नै श्वासप्रश्वास र मुटुका बिरामीलाई असर गर्छ ।
काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्य योजना, २०७६ मा एक्यूआईको मान ३ सयभन्दा बढी भएको अवस्थालाई विपद्का रूपमा लिने उल्लेख छ । यस प्रकारको विपद् रोक्न कार्य योजनामा फोहर जलाउन रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याक्युमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने योजनामा उल्लेख छ ।
राष्ट्रिय वातावरण नीति २०७६ मा प्रदूषण न्यूनीकरण गर्न जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति उल्लेख छ ।
प्रमुख सहर, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ्कन गरिनेछ रणनीतिमा उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…