बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ
उनी फागुन १६ गते घटनास्थलबाटै भागेका थिए। खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको टोलीले सोमबार साँझ उनलाई पक्राउ गरेको हो। उनी लुकिछुपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ।

२०८० चैत २७ मंगलबार, राति ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्।
उनी फागुन १६ गते घटनास्थलबाटै भागेका थिए। खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको टोलीले सोमबार साँझ उनलाई पक्राउ गरेको हो।
उनी लुकिछुपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…