बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

२०८० चैत २७ मंगलबार
रति ८:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्।

उनी फागुन १६ गते घटनास्थलबाटै भागेका थिए। खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको टोलीले सोमबार साँझ उनलाई पक्राउ गरेको हो।

उनी लुकिछुपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 20%

आउँदो आर्थिक वर्षको बजेटका लागि १९ खर्ब रुपैयाँको सीमा निर्धारण

  • २०८० चैत २७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षको बजेटका लागि १९ खर्ब रुपैयाँको सीमा निर्धारण गरेको छ । आयोगले अर्थ मन्त्रालयलाई राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण समितिको

पूरा पढ्नुहोस्

Bureau Menus