सिरहाका असई दुर्गा यादबले भगाए तस्कर, मोटरसाईकल र भियाग्रा टेबलेट राखेर बाँकीको समान भन्सारमा

२०८० चैत २७ मंगलबार
बिहान ०९:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाका घुमुवा दुर्गा यादवले तस्कर भगाएको आरोप छ । प्रहरीकै सेटिङगमा भइरहेको तस्करीको नियमित प्रक्रिया अनुसार तस्करी भईरहँदा सेटिँगबाला तस्कर भगाउन असई यादवले भूमिका खेलेको बताइएको छ । 

गत शनिबार बिहान जिल्ला प्रहरी कार्यालय सिरहा मातहतको एक इलाका प्रहरीबाट खटेको टोलीले सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर २ स्थितबाट तस्करीका समानसहित मोटरसाईकल बरामद भएको थियो । समान पक्राउ गरे लगत्तै जानकारी पाएका असई दुर्गा यादवले केही बेरपछि सो स्थलमा पुगेको प्रहरी स्रोतको दाबी छ । 

दुर्गा यादवको सेटिँग रहेको सो तस्करीको समान छुटाउनको लागि यादवले बिहान ३ः१५ बजे सिरहाका प्रहरी प्रमुखसँग पटक पटक सम्पर्क गर्दा सम्पर्क नभएपछि उनी आत्तिए । आफ्नै सेटिँग रहेको उनले सो समानसहित तस्कर भगाउने प्रयासमा तस्कर भगाएपनि समान नियन्त्रणमा लिनुपर्ने बाध्यता अनुसार समान जिल्ला प्रहरी कार्यालय सिरहा पठाइयो । 

समानसहित तस्करलाई उन्मुक्ति दिलाउने अथक प्रयास गरेका असई दुर्गा यादव विफल भएपछि आफ्नै एसपी विरुद्ध खनिएपछि उनलाई रवाना थमाइएको प्रहरी स्रोतले जनाएको छ । सिरहाका एसपीले असई दुर्गा यादवको गतिविधि, व्यवहार र तस्करसँगको अवैद्यानिक सेटिँगको बारेमा जानकारी पाएपछि उनलाई रवाना दिएको बुझिएको छ । 

असई दुर्गा यादवले तस्कर भगाउन मोटो रकम लिएको खुलासा भएको छ । सो प्रकरणमा जिल्ला प्रहरीको उच्च नेतृत्वको समेत संलग्नता रहेको सिरहाका केही सँचारमाध्यमहरुले समेत उल्लेख गरेको छ ।

शनिबार विहान करिब ३ः१५ बजेको समयमा मोटरसाईलकमा लोड गरिएको तस्करीको समानसहित नेपाली प्लेटको मोसा, भारतीय नम्बर प्लेटको मोसासहित पक्राउ गरिएकोमा जिल्लामा उजुरीपछि दुर्गा यादव सो स्थलमा पुगेको बताइन्छ । 

तस्कर, मोटरसाइकल र मुख्य सामान छाडेर केही सामान मात्रै भन्सार बुझाएको दाबी सिरहाका केही सँचारमाध्यमहरुले गरेपछि असई दुर्गा यादवको संलग्नता पुष्टि हुन्छ ।

यादवले तस्कर भगाउन र समान छुटाउनको लागि प्रयास गरेपनि विफल हुँदा उनले आफैँ खिचेको तस्विरहरु केही सँचारमाध्यमहरुलाई पठाएका थिए । सुरुमा उनले दिनभरि तस्कर, समान र मोटरसाईकल छुटाउने प्रयास गर्दा पनि विफल भएपछि साँझ केही पत्रकारहरुलाई सो तस्विर पठाएको प्रहरी स्रोतको दाबी छ । 

शनिबार पक्राउ गरिएको तस्कर, मोटरसाइकल र मुख्य सामान छाडेर केही सामान मात्रै भन्सार बुझाइएको हो ।

तीन मोटरसाईकलसहित मोटरसाईकल चलाउने तीन तस्कर समेत पक्राउ परेकोमा असई दुर्गा यादवले उनीहरुलाई उन्मुक्ति दिन भगाएको बताइएको छ । प्रहरी स्रोतका अनुसार, असई यादवसमेतको टोलीले जिल्ला बुझाएपनि जिल्लाबाटै उन्मुक्ति दिलाउन अथक प्रयास गरेका थिए । सोही प्रक्रिया अन्तर्गत जिल्ला प्रहरी कार्यालयले समेत तस्करको नाम सार्वजनिक गरेनन् । पक्राउ परेको मोटसाईकल समेत भन्सारमा नबुझाएपछि प्रहरीको संलग्नताको हद आँकलन गर्न सकिन्छ । 

यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले तत्काल केही समानहरु भन्सार बुझाएकोमा प्रक्रियागत रुपमै थप समानहरु भन्सारमा बुझाइने बताए । 

मोटरसाईकलसहित लाखौँ रुपैयाँको समानहरु लोड भएकोमा पानै दुई लाख रुपैयाँ मूल्य बराबरको मात्र समान भन्सारमा बुझाएको प्रमाण जिल्ला प्रहरी कार्यालय सिरहाले पोष्टयाएको छ । एक विज्ञप्तिमा प्रहीले १ लाख ८८ हजार ७०० मूल्य बराबरको समान भन्सारमा बुझाएको हो । 

राती भन्सार छली गरी भारतबाट अवैद्य रुपमा मोटरसाईकलसहित १० लाखमाथिको समान बरामद भएकोमा पौने दुई लाख मूल्य बराबरको मात्र समान भन्सारमा बुझाएको देखिएको छ । 

श्रोतका अनुसार, असई दुर्गा यादवको प्रत्यक्ष मिलेमतोमा भारतबाट उक्त सामान तस्करी गरी ल्याइँदै थियो । त्यसमा लागूऔषध पनि भएकाले पक्राउ परेको व्यक्ति, मोटरसाइकल र औषधिलाई गायब पारिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

Bureau Menus