सुनसरीको सम्प्रादायिक तनाव शान्त पार्न सर्वदलिय बैठक बस्दै
ती क्षेत्रमा अत्यावश्यक अवस्थामा सुरक्षाकर्मीसँग समन्वय गर्न आग्रह गरिएको छ । पूर्व पश्चिम राजमार्गमा अहिले नियमित रुपमा गाडी चलेका छन् । आदेशको अटेर गरेमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही हुने प्रशासनले जनाएको छ ।

२०८० चैत २४ शनिबार, बिहान १०:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । शुक्रबार अबेर रातीसम्म अशान्त रहेको सुनसरीको हरिनगर क्षेत्रमा कर्फ्यू लगाएपछि अहिले शान्त बनेको छ । दुई समुदायबीच उत्पन्न विवादलाई मिलाउनको लागि अहिले सर्वदलिय बैठक बस्दैछ ।
आज बिहान साढे १० बजेपछि सर्वदलीय बैठक बस्न लागेको प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए । बैठकपछि अवस्थालाई ध्यानमा राखेर कर्फ्युबारे आवश्यक निर्णय हुने उनले बताए ।
अस्ति एसईईको क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा एक युवालाई कुटपिट गरेको विषयलाई लिएर दुई समूहबीच विवाद शुरु भएको थियो । दुई समूहलाई शान्त रहन र संयमता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकादेखि पाँचवटा पालिका हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी छ । कर्फ्यु आदेश भएका क्षेत्रमा भेला, प्रदर्शन, सभासम्मेलन, धार्मिक कार्य गर्न रोक लगाइएको छ ।
ती क्षेत्रमा अत्यावश्यक अवस्थामा सुरक्षाकर्मीसँग समन्वय गर्न आग्रह गरिएको छ । पूर्व पश्चिम राजमार्गमा अहिले नियमित रुपमा गाडी चलेका छन् । आदेशको अटेर गरेमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही हुने प्रशासनले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…