समाचार खण्डन–'ममाथि कुनै पक्राउ पूर्जी जारी छैन, म फरार होइन' : सितल झा
कारको सन्दर्भमा उनले आफूसँग विगतमा दुई कार भएको स्वीकार गर्दै स्रोत उदृतप्रति उनले आपत्ति जनाउँदै समाचारमा सत्यता नभएको बताएका छन् । यस समाचारप्रति न्यूज ब्यूरोले समेत तत्कालै सम्पादन गरी क्षमायाचना गरिसकेको छ । यद्यपी, खण्डनकर्ता सितल झाले जिकिर गरेका प्रमाणहरुमा पक्राउ पूर्जी जारीको आदेश, जिल्ला प्रहरी कार्यालय सिरहाको फरार अभियुक्तको नामाबलीमा नाम समावेश, जिल्ला अदालत र उच्च अदालतबाट दोषी ठहर भएको प्रमाण भएपनि गोपनियताको हकले समाचारमा समावेश नगरिएको थियो ।

२०८० चैत २३ शुक्रबार, दिउँसो १:०७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहास्थित रेडियो मुस्कानका सँचालक सितल झाले आफूमाथि कुनै पक्राउ पूर्जी नरहेको प्रष्टयाएका छन् । न्यूज ब्यूरोमा केही दिन अगाडी आएको एक समाचारको सन्दर्भमा उनले खण्डन गर्ने आफू फरार अभियुक्त नरहेको भनेर खण्डन गरेका छन् ।
एक खण्डन पत्र जारी गर्दै सँचालक झाले समाचारमा आएको तथ्यमा सत्यता नरहेको भनेर उल्लेख गरेका छन् । न्यूरोमा “सिरहाः रेडियो मुस्कानका सँचालक सितल झा ड्रग्स र चेक बाउन्स मुद्दामा फरार” शिर्षकमा समाचार प्रकाशित भएको थियो । सोही समाचारलाई झाले शुक्रबार एक पत्र लेख्दै खण्डन गरेका हुन् । यद्यपी, सो समाचार तत्कालै केही मिनटमै सच्याउँदै सम्पादक तर्फबाट क्षमायाचना समेत गरिएको थियो ।
समाचार उल्लेखित केही मात्र तथ्यहरु तलमाथि भएकोमा झाले आपत्ति जनाउँदै आफूमाथि पक्राउ पूर्जी वा आफू फरार अभियुक्त नरहेको भनेर दाबी गर्दै समाचार खण्डन गरेका हुन् । सिरहा प्रहरी स्रोतले दिएको जानकारीको आधारमा समाचार प्रकाशित गरिएकोमा लागुऔषधमा नाइट्रोजन र हातहतियार तर्फ बन्दुकको गोली लगायतका तथ्यहरु समावेश रहेको सत्य नै रहेको बताउँदै ड्रग्समा ब्राउन सुगर लेखिन गएकोमा तत्कालै सच्याइएको थियो ।
लागुऔषध र हातहतियारको मुद्दामा जिल्ला अदालत र उच्च अदालतबाट आफू दोषी ठहर भएको स्वीकार गर्दै अहिले सर्वोच्चमा अपिल गरेको पनि उनले उल्लेख गरेका छन् । उनले खण्डनको क्रममा आफूलाई सुनुयोजित तवरले फँसाइएको जिकिर गर्दै न्यूज ब्यूरोमा आएको समाचारले अपमान भएको भन्दै खण्डन गरेका हुन् ।
लेनदेनको मुद्दा अझै चलिरहेको अवस्थामा उनले समेत स्वीकार गर्दै उल्लेखित प्रमोद कुमार साहसँग भएको लेनदेनमा केही रकम बुझाइएको र केही बाँकी रहेको पनि स्वीकार गर्दै सो मुद्दामा कुनै पक्राउ पूर्जी जारी नरहेको उल्लेख गरेका छन् । सो सन्दर्भमा आएको समाचारलाई सम्पादकको तर्फबाट तत्कालै सच्याउँदै क्षमायाचना समेत गरेको तथा समाजिक सँजालबाट तत्कालै हटाएको थियो ।
ठगी मुद्दाको सन्दर्भमा उनले आफूमाथि ठगी मुद्दा नरहेको उल्लेख गरेका छन् । यद्यपी, चेक बाउन्स मुद्दामा उनीमाथि देखिएको पक्राउ पूर्जीको अनुमतिको आधारमा समाचार प्रकाशित गरेको सच्याइएको थियो । पटक पटक खातामा रकम नभएको, चेक दिएकोलाई ठगीको रुपमा दर्साएकोमा उनले आपत्ति जनाएको हो ।
कारको सन्दर्भमा उनले आफूसँग विगतमा दुई कार भएको स्वीकार गर्दै स्रोत उदृतप्रति उनले आपत्ति जनाउँदै समाचारमा सत्यता नभएको बताएका छन् । यस समाचारप्रति न्यूज ब्यूरोले समेत तत्कालै सम्पादन गरी क्षमायाचना गरिसकेको छ । यद्यपी, खण्डनकर्ता सितल झाले जिकिर गरेका प्रमाणहरुमा पक्राउ पूर्जी जारीको आदेश, जिल्ला प्रहरी कार्यालय सिरहाको फरार अभियुक्तको नामाबलीमा नाम समावेश, जिल्ला अदालत र उच्च अदालतबाट दोषी ठहर भएको प्रमाण भएपनि गोपनियताको हकले समाचारमा समावेश नगरिएको थियो ।
पुनश्चः समाचारमा मानवीय र शब्द त्रुटीप्रति अझै संवेदनशिल रहेको र पत्रकार आचारसंहिता बमोजिम समाचार तत्कालै सच्याइएको, हटाइएको जानकारी गराउन चाहन्छौँ । हामी आगामी दिनमा अझै संवेदनशिल हुने प्रतिवद्धतासहित पुनः क्षमायाचना गर्दछौँ ।– सम्पादक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…