सिरहाः रेडियो मुस्कानका सँचालक सितल झामाथि चेक बाउन्स मुद्दामा पक्राउ पूर्जी जारी
देखाबटीको लागि उनी दुई दुई कार देखाउँदै आएका थिए । केही पत्रकार सहकर्मीसँग मिलेर विभिन्न सरकारी अड्डाबाट इन्धन उठाउँदै कार चढदै आएकोमा उनलाई पक्राउ पूर्जी जारी भएपछि अहिले फरार भएका छन् ।

२०८० चैत २० मंगलबार, बिहान ८:१४ बजे३ मिनेट पढाइ

सबिन यादव,सिरहा । सिरहास्थित सँचालनमा रहेको रेडियो मुस्कान ९६.५ मेगाहर्जका सँचालक सितल झामाथि चेक बाउन्स मुद्दामा पक्राउ पूर्जी जारी गर्ने अनुमति दिइएको छ ।
एक साथीसँग रकम लिएर फिर्ता नगरेपछि उनीमाथि चेक बाउन्स कसुरमा मुद्दा समेत दर्ता भएको हो । जग्गा जमिन खरिदको प्रयोजन भन्दै प्रमोद कुमार साहले दिएको जाहेरीको आधारमा उच्च अदालत जनकपुरले उनलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिने अनुमति दिएको देखिएको छ ।
उच्च अदालत जनकपुरले गत जेठ ०९ गतेमा उनीमाथि पक्राउ पूर्जी जारी गर्ने अनुमति दिएको देखिएको छ । आरोपित झाले रकम फिर्ता गर्न चेक दिएकोमा खातामा रकम पटक पटक नदेखाएपछि उनीमाथि चेक बाउन्सको मुद्दामा समेत पक्राउ गर्न आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले २०८० जेठ ०९ गतेमा पक्राउ पूर्जीको अनुमति पाएको हो । उनीमाथि पक्राउ पूर्जी जारी समेत भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रमोद कुमार साहको जाहेरीले सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १० बस्ने लक्ष्मण झाको छोरा बर्ष ३३ को सितल झाले रकम लिएर रकम फिर्ता नगरेको भन्दै उनीमाथि बैँकिँग कसुरको मुद्दामा समेत पक्राउ गर्न उच्च अदालत जनकपुरले अनुमति दिएको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट उनीमाथि पक्राउ पूर्जी जारी भएको हो । सिरहा प्रहरीसँगको समन्वयमा पक्राउ पूर्जी सिरहा प्रहरीलाई ट्रान्सफर गरिएको जनाइएको छ ।
यता, आरोपित झाले भने त्यस्तो केही पनि नरहेको भन्दै ठाडो अस्विकार गरे । उनले लेनदेन भएको स्वीकार गर्दै आफूले प्रमोदको सबै रकम तिरिदिएको दाबी गरे । उनले पक्राउ पूर्जी गत जेठकै भएको बताउँदै अहिले सबै समान्य भएको बताए । उनले प्रमोदसँग केही रकमको लेनदेन भएकोमा मुद्दा हालेपछि लेनदेन रफादफा गरी मिलापत्र भएको दाबी गरे ।
झाले आफूलाई बदनाम गर्नको लागि कसैले पुनः सोही पुरानो मुद्दालाई उखेल्न खोजेको भन्दै खण्डन गरे । उनले भने, –“प्रमोदसँग लेनीदेनी भएको थियो, नभएको पनि होईन । तर उहाँसँग रकम लेनदेन फर्छयौट भईसकेको छ । मैले सबै पैसा तिरिसकेको प्रमाण छ । त्यस्तो केही छैन् ।” यद्यपी, उनले प्रमाण भने दिन चाहेनन् ।
सोही क्रममा मुद्दा दायर गरेका प्रमोद कुमार साहले भने लेनदेन भएपनि झाले अहिलेसम्म सबै रकम फिर्ता नदिएको बताए । न्यूज ब्यूरोसँगको कुराकानीमा उनले जिल्ला प्रहरी कार्यालय महोत्तरी मार्फत पक्राउ पूर्जी जारी भएर मुद्दा अझै जारी रहेको बताए । उनले सबै रकम फिर्ता गरिदिएको सन्दर्भमा रकम नपाएको प्रतिक्रिया दिँदै भने, –“रकम पाएको भए त मुद्दा उठीहाल्थ्यो नी, अझै मुद्दा चल्दैछ जिल्ला प्रहरीमा । तपाई प्रहरीबाट बुझ्न सक्नुहुन्छ । पैसा फिर्ता गरेको छैनन् ।”
पक्राउ पूर्जीको सन्दर्भमा आरोपित भनिएका झाले आफू घरमै बसेको र कुनै पक्राउ पूर्जी नभएको दाबी गरे । उनले पुरानो पक्राउ पूर्जी भएकोमा अहिले आफूमाथि कुनै पक्राउ पूर्जी नरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी स्रोतले झामाथि पक्राउ पूर्जी रहेको बताए । उनीमाथि एक मुद्दामा पक्राउ पूर्जी जारी भएको दाबी गरे । (अडियो, पूर्जी जारी लगायत सबै प्रमाण सुरक्षित छ |)
'हातहतियार र लागुऔषधको मुद्दा सम्बन्धी समाचार समेत यसै समाचारमा भुलवंश थपिन गएकोले सो सम्पादन गरिएको छ । यसको लागि हामी क्षमा प्रार्थी छौँ ।' – सम्पादक
अपडेटः २०८० चैत्त २० गते, मँगलबार, दिउँसो १२ः१३ बजे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…