सुनसरीमा गोली प्रहार गरेर लुटपाट

२०८० चैत २२ बिहीबार
बिहान ०९:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सुनसरी ।  सुनसरीमा बुधबार दिउँसो गोली प्रहार गरेर त्रसित बनाउँदै एक व्यक्तिमाथि लुटपाट गरिएको छ। 

जिल्लाको हरिनगरा गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रूपैयाँ नगद दिउँसो २ः१५ बजेतिर लुटिएको प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार अन्सारीमाथि इनरुवा नगरपालिका(९ र हरिनगरा(३ को सिमानास्थित नहर नजिकको एकान्त स्थानमा लुटपाट भएको प्रारम्भिक जानकारी आएको छ। 

अन्सारी जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घरतर्फ फर्कँदै थिए। ‘गोली पड्किएको जस्तो आवाज सुनेपछि बाटैमा मोटरसाइकल रोकेर वरपर हेरेछन्। अर्को मोटरसाइकलमा आएका ३ जना व्यक्ति साथमा भएको पैसाको झोला लुटेर फरार बनेको जानकारी आएको छ,’ एसपी पोखरेलले भने, ‘घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन। ठाउँठाउँमा प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको छ।’
 

  • 33%
  • 0%
  • 0%
  • 0%
  • 33%
  • 0%

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साह र रजिष्टार डा. यादव सम्मानित

  • २०८० चैत २२ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. अंकुर शाह र रजिष्ट्रार प्रा. डा. विनोदकुमार यादवलाई कदर गर्दै सम्मान गरिएको छ । मुख्यमन्त्री सतीशकुमार सिंहले

पूरा पढ्नुहोस्

Bureau Menus