रामनवमीको सार्वजनिक विदा कटौती
मधेश सरकारको राजपत्रमा उल्लेखित विदा अनुसार २०८१ साल बैशाख ५ गतेको दिन रामनवमी पर्न गएपछि आज बुधबारको लागि उल्लेखित विदा कटौती गरिएको हो । आज मधेश प्रदेशमा सार्वजनिक विदा भने छैनन् ।

२०८० चैत २१ बुधबार, बिहान ९:१७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारले राम नवमीमा दिँदै आएको विदा कटौती गरेको छ । सो विदा यो बर्षको लागि मात्र हटाईएको हो ।
मधेश सरकारको राजपत्र अनुसार २०८० सालको कलेण्डरमा चैत्त २१ गते बुधबार (आज) पर्ने भनिएको राम नवमी बैशाखमा तिथि अनुसार सरेपछि विदा कटौती गरिएको हो ।
मधेश सरकारको राजपत्रमा उल्लेखित विदा अनुसार २०८१ साल बैशाख ५ गतेको दिन रामनवमी पर्न गएपछि आज बुधबारको लागि उल्लेखित विदा कटौती गरिएको हो । आज मधेश प्रदेशमा सार्वजनिक विदा भने छैनन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…