मृतक आरती साहको परिवारलाई गृहमन्त्रीले दिएको आश्वासन बिर्सेपछि पुनः आन्दोलनको चेतावनी

२०८० चैत २१ बुधबार
बिहान ०८:४३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  आरती साह मृत्यु प्रकरणमा छानबिनसहित कारबाही प्रक्रियामा ढिलासुस्ती भएको भन्दै पीडित परिवारजनले सरकारसंग भएको सहमतिअनुसार माग पूरा नभए पुनः आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आरतीकी आमा निर्मलादेवी साह र उनका दाई प्रेम साहले एक विज्ञप्ति जारी गर्दै न्यायिक संघर्षमा भएको सहमतिअनुसार सरकारले इमान्दारीपूर्वक कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

 जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘आरती साहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै १० महिनादेखि परिवारका सदस्यहरूले संघर्ष गर्दै आइरहेका थिए । २९ फागुनमा गृह मन्त्रालय र पीडित परिवारबीच ५ बुँदे सहमति भएपछि संघर्षका कार्यक्रम स्थगित गरिएको थियो ।’ सम्झौतामा उच्चस्तरीय छानबिन गरी पुरक प्रतिवेदन तयार पार्ने उल्लेख पनि गरेको छ । छानबिन सुरू नहुँदै आरोपिलाई धरौटीमा छोड्ने निर्णयप्रति पीडित परिवारले आपत्ति जनाएको छ ।

गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित ब्रह्मपुरी चोकमा रहेको घरमा आरती मृत अवस्थामा फेला परेकी थिइन् । धनुषा प्रहरीले घटना शंकास्पद रहेको भन्दै जनकपुरधामको काव्या अस्पतालबाट आरतीको शव नियन्त्रणमा लिएको थियो । भने माइतीपक्षले आरतीको हत्या भएको भन्दै पति र ससुरासमेतको विरुद्ध उजुरी दिएको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८० चैत २१ बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus