नेपाली सेना र गणेशमान चारनाथ नगरपालिकाको समुदायस्तरमा निःशुल्क स्वास्थ्य सेवा
सो शिविरमा नगरप्रमुख जितनारयाण यादव , श्री नं २७ बाहनि अड्डाका बाहिनीपति सहायक रथी श्री पुर्ण बहादुर खत्री, उपमेयर तुलसा पाण्डे पटेल,फिल्ड अस्पताल बर्दिबासका कमाण्डिङ्ग अफिसर प्रा.प्र.से.डा.कविता कर्माचार्य ,श्री नम्बर १ राजदलगण धारापानीका गणपति प्र.से.प्रतीक सिंह कार्की नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित कुमार यादव लगायत स्थानीय बुद्धिजीवी भद्रभलादमीको व्यापक उपस्थिति रहेको थियो ।

२०८० चैत १८ आइतबार, बिहान १०:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषास्थित नेपाली सेना र गणेशमान चारनाथ नगरपालिकाको सँयुक्त पहलमा समुदाय स्तरमा निःशुल्क स्वास्थ्य शिविर चलाएको छ ।
मध्य पुर्वी पृतना हे क्वाटरको योजनामा श्री राजदल गणको सक्रिय समन्वय एवं व्यवस्थापन तथा श्री फिल्ड अस्पताल बर्दिबासको मेडिकल जनशक्ति र गणेशमान चारनागरपालिका र मधेश प्रदेश स्वास्थय आपूर्ति व्यवस्थापन केन्द्रको स्वास्थ्यजन्य सामग्री सहयोगमा स्वास्थ शिविर गरेको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ५ स्थित त्रिभुवन माध्यमिक विद्यालय चिसापानीमा नेपाली सेना द्वारा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
श्री नं १ राजदलगण धारापानी ब्यारेकको गणपति प्रतीक सिंह कार्कीको कमान्डमा खटिएका टोलि विशेष भुमिका निर्वाह गरेका थिए । सो भेगका विभिन्न रोगिहरु शिविरमा सहभागी भएका छ्न् ।लगभग ५ सयको हाराहारीमा सहभागी भएका थिए । समुदाय स्तरमा सहयोग स्वरुप हामी शिविर संचालन गरिएको गणपति कार्कीले बताए ।
विकट क्षेत्र रहेको चिसापानीमा स्वास्थ्य शिविर आयोजना गरि संचालन गरिएको शिविरमा उपलब्धीमूलक रहयो बताउँदै उपमेयर पटेलले अझै क्षेत्रमा हामी यस्तो शिविरहरु आयोजना गराउने बताइन् ।
सो शिविरमा नगरप्रमुख जितनारयाण यादव , श्री नं २७ बाहनि अड्डाका बाहिनीपति सहायक रथी श्री पुर्ण बहादुर खत्री, उपमेयर तुलसा पाण्डे पटेल,फिल्ड अस्पताल बर्दिबासका कमाण्डिङ्ग अफिसर प्रा.प्र.से.डा.कविता कर्माचार्य ,श्री नम्बर १ राजदलगण धारापानीका गणपति प्र.से.प्रतीक सिंह कार्की नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित कुमार यादव लगायत स्थानीय बुद्धिजीवी भद्रभलादमीको व्यापक उपस्थिति रहेको थियो ।
सो शिविरमा सहयोग गरेका स्वास्थ्य शाखा प्रमुख छेबी मण्डल लाई सम्मान समेत गरेका थिए । शिविर संचालन गर्नमा सहयोग गरेका बिधालयलाई खेलकुद सामग्री सहयोग गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…