रौतहटको परीक्षा केन्द्रहरुबाट ५ सय बढी मोबाईल बरामद, चिट चोरी गराउने दुई गार्ड पक्राउ

२०८० चैत १७ शनिबार
बिहान ११:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । शिक्षा स्तरमा देशमै सबभन्दा कम स्तरको तथ्याँक रहेको रौतहट जिल्लामा माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा मोबाइलबाट चिट चोरिएको फेला परेको छ ।

दोस्रो दिन शुक्रबार भएको नेपाली विषयको परीक्षामा रौतहट जिल्लाको विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट परीक्षा अनुगमन समितिले ५ सय थान मोबाइल सेट बरामद गरेको छ ।

एसईई परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरुले जुद्ध माध्यमिक विद्यालय गौर, चन्द्रपुर सहित जिल्लाको ३१ वटा परीक्षा केन्द्रबाट ५ सय थान मोवाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंह सहितका अनुगमनमा खटिएका अधिकारीहरुले उक्त मोवाइल सेट बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका मोवाइल सेटमा सम्बन्धित व्यक्तिहरुको नाम लेखिएको तथा एसईई परीक्षाको सम्पूर्ण जाँच पूरा भएपछि उनीहरुलाई फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता समेत रहेका डिएसपी एलिजा गिरिले बताइएकी छन् ।

परीक्षा दिनमा प्रयोग भएका मोबाइलहरु एसईई सकेपछि सम्बन्धित परीक्षा केन्द्रलाई उपलब्ध गराएर फिर्ता गरिने उनले स्पष्ट गरिन् । परीक्षामा डिजिटल प्रविधिको प्रयोगमा पूर्ण रुपमा रोक लगाइएको छ । तर परीक्षार्थीहरुले मोबाइललाई चिट चोर्न प्रयोग गर्दै आएका छन् ।

त्यस्तै एसईई परीक्षामा सर्लाही जिल्लामा गार्ड रहेका दुई जनालाई चिट चोरी गराएको अभियोगमा पक्राउ गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ । विहिवारदेखि सुरु भएको एसईई परीक्षा उतिर्ण गर्ने मध्ये ३५ प्रतिशत अंक ल्याउनेले मात्र कक्षा ११ मा नामांकन पाउने छन् ।

शनिबार परीक्षाको रुटिन छैनन् भने भोली आईतबार अनिवार्य गणित विषयको परीक्षा हुने भएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

गँगासागरमा निर्माण हुन लागेको स्वः रामनारायण मिश्र स्मृति भवनमा हुनेछ यी सुविधाहरु

  • २०८० चैत १७ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  लोकतान्त्रिक आन्दोलनका योद्धा गाँधीवादी नेता रामनारायण मिश्रको निधन भएको ५७ वर्षपछि मात्र स्मृति भवन निर्माण हुन लागेको छ । २०१५ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइराला सरकारमा उद्योग

पूरा पढ्नुहोस्

Bureau Menus