त्रिशुली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यू, एक बेपत्ता
मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्।

२०८० चैत १७ शनिबार, बिहान ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । त्रिशुलीमा यात्रुवाहक ट्याक्सी खसेर दुर्घटना हुँदा पाँच जनाको मृत्यू भएको छ भने एक जना बेपत्ता भएको छ ।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी दिए।
मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्।
सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्। उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेको डिएसी भण्डारीले जानकारी दिए।
पाँच जनालाई मृत अवस्थामा नदीबाट निकालिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…