सर्लाहीमा चिट चोरी गराउने १० गार्ड परीक्षा केन्द्रबाट निष्काशित

२०८० चैत १५ बिहीबार
रति ८:१२ बजे
न्यूज ब्यूरो, डेस्क

राधेश्याम कुशवाहा, सर्लाही ।  सर्लाही, १५ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइइ) अन्तर्गत सर्लाही जिल्लामा अमर्यादित कार्य गराईरहेको अवस्थामा १० जना गार्डलाई विभिन्न परिक्षा केन्द्रबाट निष्काशित गरिएका छन् ।

परीक्षालाई मर्यादित बनाउने जिम्मेवारी लिएका निरीक्षक (गार्ड) हरु अमर्यादित कार्यमा संलग्न रहेकालाई परीक्षा अनुगमन समितिले समातेपछि उनीहरलाई परीक्षा केन्द्रबाट निष्काशित गरिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सर्लाहीले जनाएका हुन् ।

बेणीभोला नमावि गोडैता नपा–८ बाट अरविन्द भण्डारी, जनता नमावि गोडैता नपा–३ सिमराभगवतीपुरबाट रामभरोस साह, रामसखी मोहितसिंह मावि बलरा नपा–४ बाट राजकुमार यादव र शिवचन्द्र राय, जनता मावि गोडैता नपा–५ रामवनबाट रामवचन राम र रंजित मण्डल, जनता मावि बलरा नपा–८ गडहिया डुमरियाबाट मुकेश यादव, सुजित कु।यादव र चन्द्रमोहन हजारी तथा नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र मावि बलरा नपा–७ डुमरियाबाट किशोर गुप्तालाई जिम्मेवारी खोसेर परीक्षा केन्द्रबाट निष्काशन गरिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० सानोठिमी, भक्तपुरको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि तथा प्राविधिक) को पूर्वनिर्धारित समय तालिका अनुसार आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा जिल्लाको ३८ वटै परीक्षा केन्द्रहरूमा विहान ८ बजे देखि सुरू भई तोकिएको समयमा सम्पन्न भएको थियो ।

सर्लाही जिल्लामा ६७८३ छात्रा र ४११३ छात्र गरेर १०,८९६ परीक्षार्थी फारम भरेकोमा आज अंग्रेजी विषयमा ५४४३ छात्रा ५२७९ गरी १०७२२ जना परीक्षार्थी परीक्षामा सहभागी भए भने १०१ छात्रा ७३ छात्र गरेर १७४ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय सर्लांही मलंगवाले जनाए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको रत्नपुरमा फुटबल टुर्नामेन्ट हुँदै, भिडदैछ यी ९ टीम

  • २०८० चैत १५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४ रत्नपुरस्थित फुटबल टुर्नामेन्टको आयोजना गरिएको छ ।  पहिलो पटक मिथिला नगरपालिकाको रत्नपुरमा आयोजना हुने फुटबल टुर्नामेन्ट प्रतियोगितामा ९ वटा टीम सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus