SEE को पहिलो दिन अँग्रेजी विषयको परीक्षा सम्पन्न, भोली नेपाली विषय
यस्तै, सिराहाबाट १० हजार ९२३, महोत्तरीबाट नौ हजार चार सय ३१, सर्लाहीबाट १० हजार ८९६, रौतहटबाट नौ हजार ४६९, बाराबाट नौ हजार ४४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट नौ हजार ३२३ परीक्षार्थी सहभागी भएका छन् ।

२०८० चैत १५ बिहीबार, बिहान १०:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । विहिबार बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ ।
परीक्षाको पहिलो दिन परीक्षार्थीलाई परीक्षा केन्द्रको गेटमै चेकजाँच गरी भित्र प्रवेश गर्न दिएको छ । केन्द्रमा परीक्षार्थी र गार्ड शिक्षकलाई समेत मोवाइलमा प्रतिबन्ध लगाएको छ । सुरक्षाकर्मीहरु बाहिरबाटै सुरक्षा दिने व्यबस्था केन्द्रहरुमा मिलाइएको छ ।
मधेश प्रदेशबाट ८१ हजार ७६८ परीक्षार्थी एसईई परीक्षा दिदैछन् । यस प्रदेशमा सबभन्दा बढी धनुषाबाट ४८९ जना प्राविधिकतर्फका गरी १२ हजार २१४ परीक्षार्थी छन् ।
यस्तै, सिराहाबाट १० हजार ९२३, महोत्तरीबाट नौ हजार चार सय ३१, सर्लाहीबाट १० हजार ८९६, रौतहटबाट नौ हजार ४६९, बाराबाट नौ हजार ४४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट नौ हजार ३२३ परीक्षार्थी सहभागी भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…