नेविसंघ र प्रहरीबीच झडप
नेपाली काँग्रेस पार्टी निकट विद्यार्थी सँगठन रहेको नेविसँघले बिहीबार काठमाडौंको पुतलीसडकस्थीत शंकरदेव क्याम्पस अगाडी गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका थिए । सोही क्रममा विद्याथी र प्रहरीबीच झडप भएको हो । राँके जुलुस प्रदर्शन गरेपछि विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले 'सहकारी पिडितलाई न्याय दे, गृहमन्त्री राजीनामा दे' लगाएका नारा लगाएका थिए ।

२०८० चैत ८ बिहीबार, राति ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संंघ (नेविसंघ) र प्रहरीबीच झडप भएको छ ।
नेपाली काँग्रेस पार्टी निकट विद्यार्थी सँगठन रहेको नेविसँघले बिहीबार काठमाडौंको पुतलीसडकस्थीत शंकरदेव क्याम्पस अगाडी गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका थिए । सोही क्रममा विद्याथी र प्रहरीबीच झडप भएको हो ।
राँके जुलुस प्रदर्शन गरेपछि विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले 'सहकारी पिडितलाई न्याय दे, गृहमन्त्री राजीनामा दे' लगाएका नारा लगाएका थिए ।
नेविसंघले सहकारी प्रकरणमा मुछिएकालाई गृहमन्त्री बनाएको र अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…