टाउकोमा बञ्चरो प्रहार गरी छोराले गरे आफ्नै बुवाको हत्या
२२ वर्षीय छोरा लालदेव सदाले घरायसी विवाद हुँदा बञ्चरोले घाँटीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी ढुण्डिराज नेउपानेले जानकारी दिए । उनका अनुसार छिमेकी ६५ वर्षीय दशन सदालाई समेत बञ्चरो प्रहार गर्दा टाउको र हातमा चोट लागेको छ । उनको स्थानीय अस्पताल फत्तेपुरमा उपचार भइरहेको छ ।

२०८० चैत ७ बुधबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा एक छोराले आफ्नै बुवाको घाँटीमा बञ्चरो हानेर हत्या गरेका छन् ।
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर ३ मा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका वडा नम्बर ३ स्थित सखवनि नयाँ बस्तीका ४५ वर्षीय हिराइ सदा रहेको प्रहरीले जनाएको छ ।
२२ वर्षीय छोरा लालदेव सदाले घरायसी विवाद हुँदा बञ्चरोले घाँटीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी ढुण्डिराज नेउपानेले जानकारी दिए । उनका अनुसार छिमेकी ६५ वर्षीय दशन सदालाई समेत बञ्चरो प्रहार गर्दा टाउको र हातमा चोट लागेको छ । उनको स्थानीय अस्पताल फत्तेपुरमा उपचार भइरहेको छ ।
बञ्चरो प्रहार गर्ने लालदेव सदालाई घरेलु हतियार बञ्चरो सहित नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी न्यौपानेले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…