टाउकोमा बञ्चरो प्रहार गरी छोराले गरे आफ्नै बुवाको हत्या

२०८० चैत ७ बुधबार
रति ९:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सप्तरी ।  सप्तरीमा एक छोराले आफ्नै बुवाको घाँटीमा बञ्चरो हानेर हत्या गरेका छन् । 

सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर ३ मा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका वडा नम्बर ३ स्थित सखवनि नयाँ बस्तीका ४५ वर्षीय हिराइ सदा रहेको प्रहरीले जनाएको छ । 

२२ वर्षीय छोरा लालदेव सदाले घरायसी विवाद हुँदा बञ्चरोले घाँटीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी ढुण्डिराज नेउपानेले जानकारी दिए । उनका अनुसार छिमेकी ६५ वर्षीय दशन सदालाई समेत बञ्चरो प्रहार गर्दा टाउको र हातमा चोट लागेको छ । उनको स्थानीय अस्पताल फत्तेपुरमा उपचार भइरहेको छ ।

बञ्चरो प्रहार गर्ने लालदेव सदालाई घरेलु हतियार बञ्चरो सहित नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी न्यौपानेले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 11%
  • 89%

Bureau Menus