जनकपुर शहर बाहेक मधेशको सबै ठाउँमा चैत्त १२ गते र जनकपुरमा १३ गते होली हुने: ज्योतिष विवेक
केही समुदाय र केही व्यक्तिले मँगलबार माछामासु नखानेभएपछि आफूखुसी पञ्चाँगलाई पन्छाउँदै होली पर्व मनाउँदै आएका छन् । जनकपुर बाहेक आसपासका जिल्ला र गाउँघरमा चैत्त १२ गते नै होली पर्व मनाइने भएको छ ।

२०८० चैत ६ मंगलबार, बेलुकी ६:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यसपाली तराईमा चैत्त १२ गते होली पर्व मनाइने भएको छ । पञ्चाँग र कलेण्डर अनुसार पहाडी जिल्लामा चैत्त ११ गते र तराईका जिल्लाहरुमा चैत्त १२ गते होली पर्व मनाइने भएको छ ।
जनकपुरधाममा १५ दिने माध्यमिकी परिक्रमाको धार्मिक लस्करले अन्तरगृह परिक्रमा गरेपछि होली मनाउने चलन रहिआएकोमा ११ गते जनकपुरधाम पुगेर १२ गतेसम्म अन्तरगृह परिक्रमा हुने भएपछि जनकपुरधाम शहरभित्र मात्र चैत १३ गते मँगलबारको दिन होली पर्व मनाइने भनिएको हो ।
चर्चित ज्योतिष ई. विवेक पाण्डेका अनुसार मिथिलाको परम्परा अनुसार चलिआएको अन्तरगृह परिक्रमा घुमिसकेपछि मात्र जनकपुरधाममा होली पर्व हुँदै आएकोले चैत्त १३ गते मँगलबारसम्म मनाउनुपर्नेछ । कोही कोहीले खानपिनलाई आफूखुसी चलाउन खोज्दै चैत्त १४ गते बुधबारको दिन होली पर्व मनाउने भनेको सन्दर्भमा उनले द्वितिया तिथीको होली हुनै नसक्ने बताए । उनले चैत्त १३ गते मँगलबार नै जनकपुरमा होली पर्व मनाइने बताए ।
केही समुदाय र केही व्यक्तिले मँगलबार माछामासु नखानेभएपछि आफूखुसी पञ्चाँगलाई पन्छाउँदै होली पर्व मनाउँदै आएका छन् । जनकपुर बाहेक आसपासका जिल्ला र गाउँघरमा चैत्त १२ गते नै होली पर्व मनाइने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…