डकैती गर्न गएका डाँकालाई प्रहरीले हान्यो गोली
सोमबार बेलुकी नै डकैती गर्न गाउँ पुगेका एक डकैतलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । सोमबार राती करिब ९ः२० बजेको समयमा सर्लाहीको बरहथवा वस्तीमा पसेका डकैत जीतेन्द्र राउतलाई गोली हानेर नियन्त्रणमा लिएको हो ।

२०८० चैत ६ मंगलबार, बिहान ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । मधेश प्रदेशको सर्लाही जिल्लास्थित डकैती गर्न गएका डाँकालाई प्रहरीले गोली हानेको छ ।
सोमबार बेलुकी नै डकैती गर्न गाउँ पुगेका एक डकैतलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । सोमबार राती करिब ९ः२० बजेको समयमा सर्लाहीको बरहथवा वस्तीमा पसेका डकैत जीतेन्द्र राउतलाई गोली हानेर नियन्त्रणमा लिएको हो ।
उनको बायाँ खुट्टाको घुँडामा गोली लागेको छ । उनको मलंगवास्थित अस्पतालमा उपचार भइरहेको छ ।
राउतसँगै मोटरसाइकलमा आएका अर्का एकजना पनि पक्राउ परेका छन् । उनीहरु विरुद्ध अपहरण र शरीर बन्धक कसुरमा एक दर्जन मुद्दा रहेको प्रहरीको दाबी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…