मिटरब्याज सम्बन्धी गुनासो तत्कालै कारवाही गर्न सिडिओ अफिसहरुमा डेस्क स्थापना
गृहमन्त्रालयले सोमबार एक सूचना जारी गर्दै देशैभरिको जिल्ला प्रशासन कार्यालय (सिडिओ अफिस) हरुमा मिटरब्याज पीडितहरुको लागि बेग्लै डेस्क स्थापना गरेको जनाएको हो । अधिकृतस्तरको कर्मचारीलाई राखेर मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न डेस्क स्थापना गरेको हो ।

२०८० चैत ६ मंगलबार, बिहान ९:१६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी गुनासोमाथि कारवाहीको लागि देशैभरको जिल्ला प्रशासन कार्यालयहरुमा डेस्क स्थापना गरिएको छ ।
गृहमन्त्रालयले सोमबार एक सूचना जारी गर्दै देशैभरिको जिल्ला प्रशासन कार्यालय (सिडिओ अफिस) हरुमा मिटरब्याज पीडितहरुको लागि बेग्लै डेस्क स्थापना गरेको जनाएको हो । अधिकृतस्तरको कर्मचारीलाई राखेर मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न डेस्क स्थापना गरेको हो ।
अब मिटरब्याज सम्बन्धी मुद्दा उपर सुनुवाईको लागि र कारवाहीको लागि निरन्तर सिडिओ कार्यालयमा सेवा प्रवाह हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…