मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री बने एमालेका यादव
नयाँ समीकरण बनेपनि मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस सरकारमै थियो । कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

२०८० चैत ५ सोमबार, राति ८:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा एमालेबाट सरोज कुमार यादव मन्त्री बनेका छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ लिएका हुन् ।
मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेर एमालेलाई सत्तामा प्रवेश गराएका हुन ।
नयाँ समीकरण बनेपनि मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस सरकारमै थियो । कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
यसैबीच पार्टीमा को मन्त्री बन्ने भन्नेबारे विवाद बढी देखिएपछि पहिलो चरणमा यादवलाई मात्रै मन्त्री बनाइएको एमाले मधेस प्रदेशले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…