पेट्रोलियमको मूल्य घटयो
नयाँ मूल्य शुक्रबार मध्यरातिदेखि लागू हुने निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अब काठमाडौंमा उपभोक्ताले पेट्रोल प्रतिलिटर १७१ र डिजेल तथा मट्टितेल १५८ रुपैयाँ तिर्नुपर्नेछ ।

२०८० चैत २ शुक्रबार, राति ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा पेट्रोलियम पदार्थको भाउ घटेको छ । इन्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको हो ।
नयाँ मूल्य शुक्रबार मध्यरातिदेखि लागू हुने निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अब काठमाडौंमा उपभोक्ताले पेट्रोल प्रतिलिटर १७१ र डिजेल तथा मट्टितेल १५८ रुपैयाँ तिर्नुपर्नेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…