घाँटी रेटेर श्रीमति हत्या गरेको एक हप्ता नबित्दै खुकुरी प्रहार गरी श्रीमतिको हत्या
श्रीमान श्रीदेवले बिहिवार दिउँसो साढे ४ बजेतिर आफ्नै घरमा खुकुरी घाँटीमा प्रहार गरी श्रीमतको हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिएका छन् ।

२०८० चैत १ बिहीबार, राति ८:१६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छ ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरका श्रीदेव दासले श्रीमती ४० वर्षीया कुनिया देवीको हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमान श्रीदेवले बिहिवार दिउँसो साढे ४ बजेतिर आफ्नै घरमा खुकुरी घाँटीमा प्रहार गरी श्रीमतको हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिएका छन् ।
घटना लगतै प्रहरीले श्रीदेवलाई पक्राउ गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…