आजदेखि मुस्लिम समुदायको रोजा सुरु
यस पुर्वमा मुस्लिम समुदायका सम्पुर्ण महिला तथा पुरुषले अनिवार्य रुपमा दिनभरि केहि नखाई निराहार रुपमा व्रत बस्नु पर्ने हुन्छ । रोजामा ब्रतालुहरुले सूर्य उदाउनु भन्दा पूर्व र सूर्य अस्ताए पछि मात्र अन्नजल ग्रहण गर्ने परम्परा रहेको छ ।

२०८० फागुन २९ मंगलबार, बिहान १०:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । इस्लाम धर्माम्बलम्बीको महान पर्व रामजान रोजा आजदेखि सुरु भएको छ ।
खाडी मुलुक साउदी, कतारलगायतका देशहरुमा सोमबारदेखि नै रोजा सुरु भए पनि नेपाल, भारत, पाकिस्तान, बगंलादेश लगायतका दक्षिण एसियामा भने मंगलवारदेखि रोजा सुरु भएको छ ।
सोमबार साँझ मुस्लिम समुदायले आकाशमा चन्द्रमा देखेपछि जनकपुरधाममसहित नेपालभरका मुस्लिम समुदाय रोजा गर्दै छन् । रोजा (व्रत) हरेक मुस्लिम सामुदायका बालिग महिला तथा पुरुषमा अनिवार्य गरिएको छ ।
इस्लाम धर्मका ५ वटा आधार स्तम्भ इमान, नवाज, रोजा, जकात, हजमध्ये रोजा तेस्रो नम्बरको हो । इस्लामिक महिना श्रावणको समाप्तिसंगै रमजानको पहिलो चन्द्रमा (चाँद) मुस्लिम समुदायले देखे पछि रमजान शुरु हुने गर्छ । इस्लामिक महिना रमजान ३० दिन सम्म मुस्लिम समुदाय रोजा गर्छन् ।
यस पुर्वमा मुस्लिम समुदायका सम्पुर्ण महिला तथा पुरुषले अनिवार्य रुपमा दिनभरि केहि नखाई निराहार रुपमा व्रत बस्नु पर्ने हुन्छ । रोजामा ब्रतालुहरुले सूर्य उदाउनु भन्दा पूर्व र सूर्य अस्ताए पछि मात्र अन्नजल ग्रहण गर्ने परम्परा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…