प्रचण्डलाई विश्वासको मत नदिन काँग्रेस पार्टीको ह्वीप जारी
अहिले सत्ता गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) छन् । त्यस्तै विपक्षमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टी रहेका छन् ।

२०८० फागुन २८ सोमबार, बेलुकी ६:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नयाँ सत्ता समिकरण फेरिएपछि बनेको नयाँ मन्त्रीमण्डलपछि प्रधानमन्त्री पुष्ष्पकमल दाहालले लिने विश्वासको मतमा काँग्रेसले मत नदिने भएको छ ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना प्रतिनीधिसभाका साँसदहरुलाई प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप नै जारी गरेको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ‘ह्विप’ जारी गरेको हो । कांग्रेसले जारी गरेको ‘ह्विप’ मा फागुन ३० गते बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न भनिएको छ ।
नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको थियो । यससँगै प्रधानमन्त्री प्रचण्डले पर्सि बुधवार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।
अहिले सत्ता गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) छन् । त्यस्तै विपक्षमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टी रहेका छन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…