बर्दिवासमा जनजाती महोत्सवको चौथो सँस्करण हुँदै
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगरप्रमुख क्षेत्रीले जनजाति महोत्सवले बर्दिबासको पहुँच र पहिचानलाई देशव्यापी बनाउन योगदान पुग्ने धारणा राखे । महोत्सवले यहाँको संस्कृति, भेषभुषा, व्यापार व्यवसाय, कृषि उत्पादनको प्रवद्र्धन र बजारीकरणमा ठोस योगदान पुग्ने अपेक्षा जगाएको उनले बताए ।

२०८० फागुन २६ शनिबार, बिहान ९:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । महोत्तरीमा बसोबास गर्ने जनजातिहरूको संस्कृति संरक्षण संवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको आदिवासी जनजाति महोत्सवको चौथो संस्करण बर्दिबासमा सुरु भएको छ ।
महोत्सवको पहिलो दिनमै अवलोकनकर्ताको उत्साहजनक सहभागिताले सुस्त बनेको यहाँको व्यापार व्यवसायलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा जगाएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् महोत्तरीले आयोजना गरेको महोत्सवको बर्दिबास नगरप्रमुख प्रह्लाद क्षेत्री तथा महासङ्घ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले एक समारोहबिच पानसमा बत्तीबाली संयुक्त उद्घाटन गरेका थिए । उद्घाटनअघि महोत्तरीमा बसोबास गर्ने मगर, भुजेल, तामाङ, नेवार, थारु, दनुवार, राई, मण्डल, माझी लगायत ९ प्रकारका जनजातिले आ–आफ्नो जातीय पहिचान झल्काउने भेषभुषासहित भव्य ¥याली निकालेका थिए ।
जनजातीका ग्रामीण कलाकारको जातीय विविधतासहितको धार्मिक सांस्कृतिक झाँकी, लोक संस्कृतमा आधारित गीत, नृत्य र रहनसहनका प्रस्तुतिले महोत्सवको सुनमा सुगन्ध थपेको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगरप्रमुख क्षेत्रीले जनजाति महोत्सवले बर्दिबासको पहुँच र पहिचानलाई देशव्यापी बनाउन योगदान पुग्ने धारणा राखे । महोत्सवले यहाँको संस्कृति, भेषभुषा, व्यापार व्यवसाय, कृषि उत्पादनको प्रवद्र्धन र बजारीकरणमा ठोस योगदान पुग्ने अपेक्षा जगाएको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…