जसपाबाट उपेन्द्र यादवसहित यी तीनै जना मन्त्री बन्दै
जसपाका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार वन तथा वातावरण मन्त्रीमा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नवलकिशोर साह र धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीमा पठाउने निर्णय गरेको हो।

२०८० फागुन २४ बिहीबार, राति ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले दुई मन्त्रीको नाम टुँगो लगाएको छ ।
बिहीबार भर्खर सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पार्टी अध्यक्ष यादव आफैँ लिने र अन्य दुईलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
जसपाका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार वन तथा वातावरण मन्त्रीमा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नवलकिशोर साह र धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीमा पठाउने निर्णय गरेको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…