प्रचण्डसँग जान रेशम चौधरीको पार्टीले सुदुरपश्चिम प्रदेशमा माग्यो मुख्यमन्त्री
प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका (सभामुखसहित) ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) पार्टीका ४, राप्रपा र स्वतन्त्र एक/एक सांसद छन् भने एउटा सिट रिक्त छ । सरकार बनाउन २७ जनाको समर्थन चाहिन्छ ।

२०८० फागुन २१ सोमबार, बेलुकी ५:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री दिएपछि मात्र केन्द्र सरकारमा जाने शर्त अगाडी सारेको छ ।
प्रधानमन्त्री प्रचण्डको नेतृत्वमै फेरबदल हुन लागेको वर्तमान सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई समेत सहभागी गराउनको लागि प्रस्तावमा पार्टीले सुदुरपश्चिममा मुख्यमन्त्री मागेको बुझिएको छ ।
कांग्रेस–माओवादीको समीकरण भत्किएर नयाँ गठबन्धन बनेपछि सुदूरपश्चिमको सत्ता फेरबदलमा नागरिक उन्मुक्ति पार्टी फेरि निर्णायक भूमिकामा पुगेको छ । २६ माघमा नाउपाले विश्वासको मत नदिएकै कारण एमालेका राजेन्द्र रावलले मुख्यमन्त्री पद गुमाएका थिए ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस र एमालेले फरक गठबन्धन बनाउन चाहँदा दुबैलाई ७ सांसद रहेको नाउपाको समर्थन अनिवार्य नै छ ।
अहिले कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारमा नाउपाले एक मन्त्री र राज्यमन्त्री पाएको छ । सोमबार बनेको एमाले–माओवादीसहितको गठबन्धनमा सहभागी नभए सुदूरपश्चिममा नयाँ सरकार गठन असम्भव छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका (सभामुखसहित) ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) पार्टीका ४, राप्रपा र स्वतन्त्र एक/एक सांसद छन् भने एउटा सिट रिक्त छ । सरकार बनाउन २७ जनाको समर्थन चाहिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…