केन्द्रमा सत्ता समिकरण फेरिए लगत्तै कोशी प्रदेशका काँग्रेसीया मुख्यमन्त्रीको राजीनामा माग
संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका कार्कीलाई पछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिएको थियो । प्रदेशसभामा कार्कीले राप्रपाका ६ सांसदबाहेक अरुको विश्वासको मत पाएका थिए । तर, सोमबार नयाँ राजनीतिक समीकरण बनेपछि एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा माग

२०८० फागुन २१ सोमबार, बेलुकी ५:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । वर्तमान सरकारको समिकरण परिवर्तन भएलगत्तै नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्कीको राजीनामा माग गरिएको छ ।
केन्द्र सरकारमा सत्ता समिकरण परिवर्तन भए लगत्तै केपी ओली नेतृत्वको एमाले पार्टीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा माग गरेको हो ।
गत २७ असोजमा एमालेका ३९ सांसद र आफ्ना दलबाट बिद्रोह गरेका ८ सांसदको समर्थनमा काँग्रेसबाट मुख्यमन्त्री बनेका कार्कीलाई नेकपा एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
माथिल्लो गठबन्धन नै भत्किएपछि कार्की अल्पमतमा परेको भन्दै भण्डारीले तत्कालै राजीनामा माग गरेका हुन् ।
संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका कार्कीलाई पछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिएको थियो । प्रदेशसभामा कार्कीले राप्रपाका ६ सांसदबाहेक अरुको विश्वासको मत पाएका थिए ।
तर, सोमबार नयाँ राजनीतिक समीकरण बनेपछि एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा माग गरेको हो
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…