वृन्दावनमा स्वास्थ्यका कर्मचारी पटेलले चरम दुरुपयोग सवारी र इन्धन
रासनारायण पटेलले दुरुपयोग गर्दै आएको सवारीलाईलाई एम्बुलेन्सको रुपमा जनताको काममा प्रयोग गर्न नगरप्रमुख बिनोदप्रसाद कुर्मीलाई पटक९पटक अग्रह गर्दा समेत नगरप्रमुख कुर्मीले कुनै वस्ता नगरेको उपप्रमुख रामले सुनाइन् ।

२०८० फागुन ९ बुधबार, राति १०:२६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको वृन्दावन नगरपालिकामा कार्यरत स्वास्थ्यका एक कर्मचारीले सवारी साधन चरम दुरुपयोग गरेको उपप्रमुख संगीतादेवी रामले बताएकी छन् । सो पालिकामा कार्यरत स्वास्थ्य क्षेत्रका छठौँ तहका अधिकृत रासनारायण पटेलले सवारी र इन्धन चरम दुरुपयोग गरेको बताएकी हुन् ।
नगरपालिकामा रहेको ना १ झ १६२५ नम्बरको सरकारी सवारीलाई डाक्टर पटेलले बिना लक बुककै विगत लामो समयदेखि चरम दुरुपयोग गर्दै आएको उनले बताएकी छन् ।
नगरपालिकामा हाकिम नभएका बेलामा स्वास्थ्यका कर्मचारी पटेल र नगरप्रमुख बिनोदप्रसाद कुर्मीले मनलाग्दी इन्धनसमेत खर्च गरेको उपप्रमुख रामले आरोप लगाइन् । सो पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा रञ्जय पटेल आउँदा समेत स्वास्थ्यका अधिकृत पटेलले नगरप्रमुख कुर्मीको इसारामा सवारी साधन र इन्धनको दुरुपयोग गर्न छाडेका छैनन् ।
स्वास्थ्यका कर्मचारी रहेका पटेल कहिले पार्टी त कहिले पिकनिक, कहिले इन्गेजमेन्ट र कहिले आफन्तजनको विवाहमा समेत सरकारी गाडी लिएर पुग्ने गरेको उप९प्रमुख रामले आरोप लगाएकी छन् ।
रासनारायण पटेलले दुरुपयोग गर्दै आएको सवारीलाईलाई एम्बुलेन्सको रुपमा जनताको काममा प्रयोग गर्न नगरप्रमुख बिनोदप्रसाद कुर्मीलाई पटक९पटक अग्रह गर्दा समेत नगरप्रमुख कुर्मीले कुनै वस्ता नगरेको उपप्रमुख रामले सुनाइन् ।
सवारी दुरुपयोग हुनुभन्दा राम्रो जनताको काममा प्रयोग हुनु राम्रो हुने उपमेयर रामको भनाइ रहेको छ । नगरप्रमुखलाई गत स्थानीय तहको निर्वाचनमा सगाएकोले वृन्दावनमा रासनारायणको हबी बढदै गएको बृन्दावन नगरपालिकाका नगरप्रमुख प्रत्यासी रामप्रसाद पटेलको भनाई रहेको छ ।
स्वास्थ्यका कर्मचारी पटेलले नगरपालिकाको चार पाग्रे सवारीमा सवार हुनु गल्त रहेको उनको भनाइ छ । नगरपालिकाको १६२५ नम्बरको चारपाङ्ग्रे सवारी साधनको पटेलले चरम दुरुपयोग हुन थालेपछि जनप्रतिनिधिहरू आवाज उठाउन थालेका छन् । ती नगरपालिकामा रासनारायण पटेलको ज्यादती नै रहेको वडा नम्बर ४ का वडाध्यक्ष श्यामनन्दन यादवको भनाइ रहेको छ ।
यता समाचार स्रोतका अनुसार सो पालिकामा नगरप्रमुख कुर्मीका इन्जिनियर भन्ने छोरा संतोष पटेलले समेत सवारी साधन र इन्धको चरम दुरुपयोग गर्दै आएको जनाएकाछन् ।
उनले पनि तेल बाड्ने र सधारी साधन सवार हुने गरेको छ । यस विषयमा बुझ्न खोज्दा स्वास्थ्यका कर्मचारी पटेलको फोन लागेन र नगरप्रमुख कुर्मीसँग सम्पर्क गर्दा उनको फोन उठेन सकेन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…